टेस्लाको इलेक्ट्रीक भेहिकल ‘मोडल ३’ कारको डेलिभरी चीनमा शुरु

Technology Khabar १० फाल्गुन २०७५, शुक्रबार

काठमाडौं ।

काठमाडौं । टेस्लाले आफ्नो मोडल थ्री कारहरु चीनमा बिक्री गर्न शुरु गरेको छ । कम्पनीले आफूले घोषणा गरेको मिति भन्दा अगाडि नै ग्राहकहरुलाई डेलिभरी गर्न शुरु गरेको हो ।

कम्पनीले यसअघि नै चीनमा आफ्नो कारको मूल्य घटाएको घोषणा गरेको थियो । कम्पनीले यसको लागि शुक्रबार डेलिभरी इभेन्ट आयोजना गरेको छ जून बजारको लागि कोशेढुंगा हुनेछ ।

यसअघि कम्पनीले मार्चदेखि मात्र चिनियाँ बजारमा मोडल ३ उपलब्ध गराउन सकिने जानकारी दिँदै आएको थियो । चीन विश्वको सबैभन्दा ठूलो अटो बजार हो जहाँ सन् २०१८ मा यसअघिको दुई दशकमा भन्दा बढि कारहरु समग्रमा बिक्री भएका थिए ।

टेस्लाले सन् २०१८ को अन्त्यमा कार अर्डर गरेका ग्राहकहरुलाई मात्र हाल कार डेलिभरी गर्न शुरु गरेको जानकारी दिएको छ । त्यस्तै यो वर्षको शुरुवातदेखि अर्डर गरेका ग्राहकहरुलाई भने मार्चको अन्त्यदेखि मोडल ३ उपलब्ध गराउनेछ ।

हाल चीनमा बिक्री हुने टेस्लाका सबै कारहरु कम्पनीले आयात गर्दै आएको छ, तर कम्पनीले मोडल ३ कारहरु बनाउनका लागि चीनको सांघाईमा नयाँ फ्याक्ट्री बनाउँदैछ, जसले आगामी दिनमा अमेरिका र चीन बिचको व्यापार युद्धको असरबाट कम्पनीलाई बचाउनेछ ।

प्रकाशित: १० फाल्गुन २०७५, शुक्रबार

तपाइको प्रतिक्रिया