भाटभटेनीको सामान बोकेको गाडीमा अवैध विद्युतीय चुरोट, ल्याउनेलाई कारबाही गर्न सांसदहरुको माग

Technology Khabar ७ चैत्र २०८१, बिहीबार

भाटभटेनीको सामान बोकेको गाडीमा अवैध विद्युतीय चुरोट, ल्याउनेलाई कारबाही गर्न सांसदहरुको माग
sf7df8f}F,& r}tM k|ltlglw;ef a}7s ;ª3Lo ;+;b ejg gofFafg]Zj/df laxLaf/ a;]sf] k|ltlglw;efsf] a}7s . tl:a/M ls/0f/fh lji6÷/f;;

काठमाडौं ।

सांसदहरुले तातोपानी भन्सारबाट काठमाडौँ आउँदै गरेको गाडीमा अवैधरुपमा भेप (विद्युतीय चुरोट) ल्याउने कार्यमा संलग्नलाई कानुनी कारबाही गर्न माग गरेका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा सांसद गङ्गा कार्कीले तातोपानी भन्सार नाकाबाट काठमाडौँ आउँदै गरेको ना६ख ५४९६ नम्बरको ट्रक बाह्रबिसेस्थित खोर्सानीबारीको अस्थायी प्रहरी चौकीले नियन्त्रणमा लिएको उल्लेख गर्दै त्यो गाडी भाटभटेनी सुपरमार्केटका साहु मीनबहादुर गुरुङको भएको जानकारीमा आएकाले निजलाई कानुनी कारबाही गर्न माग गरिन्।

सांसद मनिष झाले केही दिनअघि समातिएको रु २५ करोड रकमका मालिक पत्ता लगाउन सरकारसँग माग गरे। भरिया समातेर कालाबजारिया संरक्षण नगर्न उनले ध्यानाकर्षण गराए। यसअघिका यस्तै घटनामा भरिया समातिए पनि अवैध सामान ल्याउने मालिकलाई उन्मुक्ति दिएको भन्दै उनले आपत्ति जनाए। बाह्रबिसेमा समातिएको अवैधरुपमा भेप भित्र्याउनेलाई कारबाही गर्न सांसद झाले माग गरे।

“सिन्धुपाल्चोकमा समातिएको ट्रक जसमा७४० ओटा भेप समातियो त्यो भाटभटेनी सुपरस्टोरको भएको खुलिसकेको छ, प्रधानमन्त्रीको पार्टी बनाउने दाता भएकाले त्यसलाई संरक्षण नगरियोस् भन्न चाहन्छु” झाले भने।

आजैमात्र भाटभटेनी सुपर मार्केटको सामान ल्याइएको गाडीमा भन्सार जाँच पास नगराई अवैध रूपमा ल्याएको विद्युतीय सिगरेट फेला परेको थियो। इलाका प्रहरी कार्यालय बाह्रबिसेले मङ्गलवार राती ७ सय ४० थान विद्युतीय सिगरेट बरामद गरेको हो।

प्रहरी चेकपोस्ट खुर्सानीवारिमा मङ्गलवार राती खटिएको टोलीले सवारी साधनको चेक जाँच गर्ने क्रममा तातोपानी भन्सारबाट भाटभटेनीको सामान बोकी काठमाडौँतर्फ जाँदै गरेको मालवाहक डिब्बामा विद्युतीय सिगरेट ‘भेप’ बरामद भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। ना.६ ख ५४९६ नंम्वरको डिब्बा गाडीबाट ९३ डब्बामा ७ सय ४० वटा विद्युतीय सिगरेट फेला परेको हो।

प्रकाशित: ७ चैत्र २०८१, बिहीबार

तपाइको प्रतिक्रिया