भारतको सन् २०४० सम्ममा चन्द्रमामा मानव मिशनको लक्ष्य

  • Technology Khabar | ७ चैत्र २०८१, बिहीबार
भारतको सन् २०४० सम्ममा चन्द्रमामा मानव मिशनको लक्ष्य

काठमाडौं ।

भारतका सङ्घीय कनिष्ठ मन्त्री तथा अन्तरिक्ष विभागका प्रभारी जितेन्द्र सिंहले बुधबार भारतले सन् २०४० सम्ममा चन्द्रमामा आफ्नो अन्तरिक्ष यात्री पठाउने योजना बनाएको बताएका छन्।

भारतीय संसदको तल्लो सदनमा एक प्रश्नको जवाफ दिँदै मन्त्रीले उक्त बयान दिए।

“भारतले आफ्नो अन्तरिक्ष स्टेशन स्थापना गर्ने योजना बनाएको थियो, जसलाई भारतीय अन्तरिक्ष स्टेशन भनेर चिनिनेछ। यदि सबै कुरा योजना अनुसार भयो भने, सन् २०४० सम्ममा एक भारतीय अन्तरिक्ष यात्री चन्द्रमामा पुग्नेछन्,” सिंहले बताए।

भारतले पहिले सन् २०३५ सम्ममा आफ्नो अन्तरिक्ष स्टेशन हुने घोषणा गरिसकेको छ।

मन्त्रीले चन्द्रयान–४ (चन्द्रमा मिसन) दुई लन्च भेइकलहरू मार्फत प्रक्षेपण गरिने र यसमा पाँचवटा कम्पोनेन्टहरू हुने बताए। रासस/सिन्ह्वा

प्रकाशित: ७ चैत्र २०८१, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार