सोनीले मुख्य क्यामराको लागि ठूलो २०० मेगापिक्सेल सेन्सरमा काम गरिरहेको खुलासा

Technology Khabar ६ चैत्र २०८१, बुधबार

काठमाडौं ।

सामसङको आईएसओसीईएलएल एचपी९ २०० एमपी सेन्सर पेरिस्कोप टेलिफोटो क्यामराहरूमा सफल भएको छ जुन भिभो एक्स१०० अल्ट्रा बाट सुरु भएर एक्स२०० प्रो, शाओमी १५ अल्ट्रा र चाँडै भिभो एक्स२०० अल्ट्रामा जारी गरिने बताइएको छ।

त्यसैगरी, २०० एमपी आईएसओसीईएलएल एचपी२ लाई सामसङ ग्यालेक्सी एस२५ अल्ट्राको मुख्य क्यामरामा समावेश गरिएको छ।

यो १/१.३” प्रकारको सेन्सर भएको बताइएको छ। चीनबाट आएको एउटा नयाँ अफवाहले अब सोनीले यस वर्षको उत्तरार्धमा आउने फ्ल्यागशिप स्मार्टफोनहरूका मुख्य क्यामराहरूमा प्रयोगको लागि आफ्नै २०० मेगापिक्सेल सेन्सरमा काम गरिरहेको दावी गरेको छ जुन मिडियाटेक डाइमेन्सिटी ९५०० वा स्न्यापड्रागन ८ एलिट २ द्वारा संचालित हुनेछन्।

सोनीको सेन्सर १/१.३” भन्दा ठूलो हुनेछ जसले यसलाई सामसङभन्दा राम्रो बनाउने क्षमता राख्छ। सोनीको यो सेन्सर लाइट इनटेक क्यापाबिलिटिज (पूर्ण प्रकाश सेवन क्षमताहरू) सन्दर्भमा निकै राम्रो हुने उल्लेख गरिएको छ।

यस सेन्सरको बारेमा भने अन्य कुनै विवरणहरू उपलब्ध नभएको बताइएको छ भने सोनीले सामसङको २०० एमपी अफरिङ्गसको प्रतिस्पर्धीको रुपमा आउनको लागि सक्रिय रूपमा काम गरिरहेको देख्नु राम्रो हो। डिभाइस निर्माताहरूको लागि थप विकल्पहरूले अन्ततः हामी उपभोक्ताहरूलाई नै फाइदा पुर्याउने जीएसएमएरिनाले उल्लेख गरेको छ।

प्रकाशित: ६ चैत्र २०८१, बुधबार

तपाइको प्रतिक्रिया