सम्झौता नगरी र भाडा नतिरी आईएसपी, केबल र टीभी सेवा प्रदायकले नेपाल टेलिकमको पोल प्रयोग गर्न नपाउने

  • Technology Khabar | ६ चैत्र २०८१, बुधबार
सम्झौता नगरी र भाडा नतिरी आईएसपी, केबल र टीभी सेवा प्रदायकले नेपाल टेलिकमको पोल प्रयोग गर्न नपाउने

काठमाडौं ।

अबदेखि  इन्टरनेट सेवा प्रदायक आईएसपी, केबल र टीभी सेवा प्रदायकले आधिकारिक सम्झौता नगरी र भाडा नतिरी नेपाल टेलिकमको पोल प्रयोग गर्न नपाउने भएका छन्।

नेपाल टेलिकमले आफ्ना पोलहरू प्रयोग गर्दै आएका सम्पूर्ण केबुल र टिभी सञ्चालक तथा इन्टरनेट सेवाप्रदायकहरूलाई पोल गणना गर्ने प्रयोजनका लागि सम्पर्क गर्न आह्वान गरेको छ।

टेलिकमले आज एक सूचना प्रकाशित गरी पोल गणनासम्बन्धी कार्यका लागि आफ्नो प्रतिनिधिसहित अनिवार्य रूपमा आगामी चैत १० गतेभित्र कम्पनीको नजिकको कार्यालय वा प्रादेशिक निर्देशनालयमा सम्पर्क गर्न सम्बन्धित सबैमा अनुरोध गरेको हो।

सम्झौता वा भाडा नतिरी पोल प्रयोग गरेको खण्डमा कम्पनीले कुनै पनि बेला हटाउन सक्ने र त्यसको जिम्मेवारी सम्बन्धित सेवा प्रदायक कम्पनी नै हुने टेलिकमले सूचनामा प्रस्ट पारेको छ।

सूचनामा भनिएको छ, ‘पोल प्रयोग गर्ने सम्पूर्ण केबुल र टिभी सञ्चालक तथा इन्टरनेट सेवाप्रदायकहरूले कम्पनीसँग अनिवार्य सम्झौता गर्नु हुन तथा सम्झौता वा भाडा भुक्तानी नगरी पोलहरू प्रयोग गर्ने सेवा प्रदायकहरूको केबुलहरू यस कम्पनीले कुनै पनि समयमा हटाउन सक्ने र सोबाट उत्पन्न हुने परिस्थितिका लागि सेवाप्रदायक नै जिम्मेवार हुने व्यहोरा समेत जानकारी गराइन्छ।’

प्रकाशित: ६ चैत्र २०८१, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...