Technology Khabar ५ चैत्र २०८१, मंगलवार
काठमाडौं ।
एप्पलले आईफोन १७ एयरलाई आफ्नो इतिहासको सबैभन्दा पातलो स्मार्टफोनको रूपमा लन्च गर्ने भएको छ। साथै यसको प्रारम्भिक योजनाहरू अझ बोल्ड भएको रिपोर्ट गरिएको छ। क्युपर्टिनोका कार्यकारीहरूले यूएसबी–सी त्यागेर डिभाइसलाई पोर्ट–फ्री (मुक्त) बनाउन चाहेको मार्क गर्मनले बताएका छन्।
ईयूले एप्पललाई यूएसबी स्ट्याण्डर्ड अपनाउन दबाब दिएको कारण ईयू नियामकहरूलाई खुसी पार्न कम्पनीले यो विचारलाई स्थगित गरेको उल्लेख छ।
एयरले “चार्जिङ पोर्टहरू रहित स्लिमर (पातलो) मोडेलहरूमा सर्र्नेछ” भनि ब्लूमबर्गको “पावर अन” न्यूजलेटरमा मार्क गर्मनले उल्लेख गरेका छन्।
यो मोडेलले “एप्पलको लागि ठूलो परिवर्तन” को सुरुवातलाई जनाएको र नयाँ डिभाइसको सफलताले निकट भविष्यको लागि यसको योजनाहरू समायोजन गर्न कम्पनीलाई मार्गदर्शन गर्नेछ भनि विश्लेषकले बताएका छन्।
आईफोन १७ एयरमा ६.६ इन्चको डिस्प्ले, डाइनामिक आइल्याण्ड, क्यामरा कन्ट्रोल बटन र हालका आईफोनहरूसँग तुलना गर्न सकिने ब्याट्री लाइफ हुनेछ।
साथै यो यूएसबी–सी पोर्टको साथ आउने बताइएको छ। एप्पलले भविष्यमा पोर्टलेस स्मार्टफोनको साथ अगाडि बढ्ने निर्णय गरेको खण्डमा भने यो पूर्ण रूपमा वायरलेस चार्जिङमा निर्भर हुने जीएसएमएरिनाले उल्लेख गरेको छ।
प्रकाशित: ५ चैत्र २०८१, मंगलवार