सधैंका लागि बन्द हुँदै स्काइप, यसरी सार्नुहोस् स्काइपको डाटा माइक्रोसफ्ट टिम्समा

Technology Khabar ४ चैत्र २०८१, सोमबार

काठमाडौं ।

विश्वभरिका मानिसहरूलाई २३ वर्षसम्म जोडेर राख्ने लोकप्रिय भिडियो-कल सेवा स्काइप अब सधैंका लागि बन्द हुँदैछ। यसको मूल कम्पनी माइक्रोसफ्टले २०२५ मे ५ मा सेवा औपचारिक रूपमा बन्द हुने पुष्टि गरेको छ।

स्काइप प्रयोगकर्ताहरूले आफ्ना सबै सम्पर्क र कुराकानी डाटा माइक्रोसफ्ट टिम्समा सार्न सक्नेछन्, वा आफ्नो स्काइप डाटा डाउनलोड गरेर अन्य भिडियो-कल सेवामा रूपान्तरण गर्न सक्नेछन्।

प्रयोगकर्ताहरूलाई स्विच गर्न सहायोगका लागि स्काइफपबाट टिम्समा कसरी माइग्रेट गर्ने र स्काइप डाटा कसरी डाउनलोड गर्ने भन्ने मार्गदर्शन तल दिइएको छ। साथै स्काइपलाई प्रतिस्थापन गर्न सक्ने वैकल्पिक भिडियो-कलिङ एपहरूको सूची पनि दिइएको छ।

स्काइपबाट माइक्रोसफ्ट टिम्समा कसरी जाने?

मे ५ भन्दा पहिले, स्काइप प्रयोगकर्ताहरूले आफ्ना स्काइप क्रेडेन्सियलहरू प्रयोग गरेर निःशुल्क टिम्समा साइन इन गर्न सक्नेछन्। एकपटक लगइन गरेपछि, उनीहरूको सबै कुराकानी र सम्पर्कहरू स्वचालित रूपमा एपमा स्थानान्तरण हुनेछ।

टिम्समा स्काइपजस्तै एकल र समूह कल, सन्देश आदानप्रदान, र फाइल साझेदारी जस्ता सुविधाहरू छन्। स्काइप साना समूह (२० सहभागीहरू सम्म) र साधारण प्रयोगका लागि डिजाइन गरिएको भए पनि, टिम्स व्यापार केन्द्रित छ, जसमा एकै भिडियो कलमा १०,००० सहभागीहरू अटाउन सक्छन्।

यसमा उन्नत सुरक्षाका सुविधाहरू र एभरनोट, वनड्राइभ, अफिस ३६५, सेल्सफोर्स, शेयरपोइन्ट, ट्रेल्लो जस्ता विभिन्न एपहरु एकीकृत गरिएका छन्। टिम्स एण्ड्रोइड, आईओएस, म्याक, पीसी र वेबमा उपलब्ध छ।

स्काइप डाटा कसरी निर्यात गर्ने?

माइक्रोसफ्ट टिम्समा रूपान्तरण गर्न इच्छुक नभएका प्रयोगकर्ताहरूका लागि, हामी खाता डाटा निर्यात गर्न सिफारिस गर्छौँ। यसले सन्देशहरू, फाइलहरू, र सम्पर्क विवरण जस्ता बहुमूल्य जानकारी सुरक्षित हुन्छ र भविष्यमा पहुँच गर्न सकिन्छ।

स्काइप डाटा कसरी निर्यात गर्ने?

  • स्काइप खोल्नुहोस् र लगइन गर्नुहोस्।
  • माथिल्लो बायाँ कुनामा, खाताको नाममुनि रहेका तीनवटा तेर्सा डटमा क्लिक गर्नुहोस्।
  • सेटिङ्स >एकाउन्ट एण्ड प्रोफाइल >योर एकाउन्ट मा जानुहोस्।
  • स्काइप को वेब पोर्टलमा रिडाइरेक्ट भएपछि, यी विकल्पहरूबाट छनोट गर्नुहोस्: एक्सपोर्ट कन्ट्याक्ट (.सीएसभी), एक्सपोर्ट कलर ईडी नम्बर्स (.सीएसभी) वा  एक्सपोर्ट फाइल एन्ड च्याट हिस्ट्री
  • एक्सपोर्ट फाइल एन्ड च्याट हिस्ट्री विकल्पले प्रयोगकर्ताहरूलाई कुराकानी र फाइलहरू डाउनलोड गर्न सघाउँछ।
  • सबमिट रिक्वेस्टमा क्लिक गरेर कन्टिन्यु गर्नुहोस्।
  • निर्यात प्रक्रिया पूरा भएपछि डाउनलोडमा क्लिक गर्नुहोस्।

प्रकाशित: ४ चैत्र २०८१, सोमबार

तपाइको प्रतिक्रिया