Technology Khabar ३ चैत्र २०८१, आईतवार
काठमाडौं ।
औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको स्टार्टअप उद्यम कर्जा सम्बन्धमा गत पौष १९ मा प्रस्तुतिकरणका लागि सूचीमा परेका र उक्त दिन प्रस्तुतिकरण दिन छुटेका/अनुपस्थित भएकाहरुले एक पटकका लागि पुन: मिति लिन सक्ने भएका छन्।
प्रतिष्ठानले आज एक सूचना प्रकाशित गरी प्रस्तुतिकरण परीक्षा मिति आगामी चैत १३, १४ र १५ गते बिहान १०:३० देखि गर्ने तालिका बनाएको र सो अनुसार मिति लिएर प्रस्तुतिकरण गर्न सम्बन्धित सबैमा आग्रह गरेको हो।
‘औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले स्टार्टअप उद्यम कर्जा प्रवाहसम्बन्धि कार्यक्रम अन्तर्गत २०८१ पुस १९ गते प्रारम्भिक सूची, प्रस्तुतीकरण मिति र समयसहितको सूचना प्रतिष्ठानको वेबसाइट www.iedi.org.np मा प्रकाशित गरिएकोमा तोकिएको मिति र समयमा प्रस्तुतीकरण गर्न अनुपस्थित भएका प्रस्तावकहरुको प्रस्तुतीकरण २०८१ चैत १३, १४ र १५ गते बिहान १०:३० देखि प्रतिष्ठानको कार्यालय त्रिपुरेश्वर, काठमाडौमा हुने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएकोछ,’ सूचनामा उल्लेख छ।
तोकिएको मितिमा प्रस्तुतिकरण गर्न नआएमा अर्को मौका नदिइने प्रतिष्ठानले जनाएको छ। प्रस्तुतिकरण गर्न छुटेका प्रस्तावकहरुले मिति चैत १२ गतेसम्म निम्न टेलिफोन नम्बर वा इमेलमा सम्पर्क गरी नयाँ प्रस्तुतिकरण मिति लिन सक्नेछन्।
०१-५३६१३३९, ५३६६१६२ इमेल: [email protected] वेबसाइट: www.ledi.org.np
प्रकाशित: ३ चैत्र २०८१, आईतवार