Technology Khabar ३ चैत्र २०८१, आईतवार
काठमाडौं ।
शाओमीले रेडमी नोट १४एस लन्च गरेको छ जुन मध्य र पूर्वी युरोपमा बिक्री गरिने बताइएको छ। यो चेक गणतन्त्र र युक्रेनमा नयाँ डिभाइसको रूपमा प्रस्तुत गरिएको भएता पनि वास्तम यो पुनः डिजाइन गरिएको क्यामरा आइल्याण्ड सहितको रेडमी नोट १३ प्रो फोरजी भएको बताइएको छ।
रेडमी नोट १४एसको स्पेक्स सिट एक वर्ष अघिको फोनसँग मिल्दोजुल्दो भएको बताइएको छ। फोनमा हेलियो जी९९ चिपसेट, १२० हर्ज रिफ्रेस रेट र फुल एचडी+ रिजोल्युसनको साथ ६.६७ इन्चको एएमओएलईडी, र पछाडि २०० मेगापिक्सेलको मुख्य क्यामरा रहेको उल्लेख छ।
शाओमीले सन् २०२४ को पूर्वाद्र्धमा लन्च गरेको रेडमी नोट १३ प्रो फोरजीमा पहिले नै पुरानो एन्ड्रोइड १३ समावेश गरिएको थियो। यस पटक ओएस संस्करणको उल्लेख पनि नगरिएको बताइएको छ जसले गर्दा सफ्टवेयर पनि परिवर्तन नगरिएको र हाइपरओएस वास्तवमा दुई वर्ष पुरानो एन्ड्रोइडमा आधारित छ भन्ने शंका उत्पन्न भएको छ।
शाओमीले रेडमी नोट १४एस लाई नीलो, बैजनी र कालो रङ्गहरूमा उपलब्ध गराउने उल्लेख छ। युक्रेनमा यस फोनको मूल्य १०,९९९ रिव्निया छ भने चेक गणतन्त्रमा ५,९९९ चेक कोरुना कायम गरिएको छ जुन ८/२५६ जीबी मेमोरीको लागि लगभग २६० अमेरिकी डलर/२४० यूरो हुने जीएसएमएरिनाले उल्लेख गरेको छ।
प्रकाशित: ३ चैत्र २०८१, आईतवार