एप्पलले बेलायतको मोबाइल ब्राउजर बजारमा प्रतिस्पर्धालाई रोकिरहेको नियामकको आरोप

  • Technology Khabar | ३ चैत्र २०८१, आईतवार
एप्पलले बेलायतको मोबाइल ब्राउजर बजारमा प्रतिस्पर्धालाई रोकिरहेको नियामकको आरोप

काठमाडौं ।

बेलायती नियामकले सीएमएले एप्पलले बेलायतको मोबाइल ब्राउजर बजारमा प्रतिस्पर्धालाई रोकिरहेको बताएको छ।

युके प्रतिस्पर्धा र बजार प्राधिकरण (सीएमए) ले मोबाइल ब्राउजर र क्लाउड गेमिङ बजारमा आफ्नो अनुसन्धानबाट अन्तिम प्रतिवेदन प्रकाशित गरेको छ।

धेरै मोबाइल ब्राउजर बजारहरू व्यवसाय र उपभोक्ताहरूको लागि राम्रोसँग काम गरिरहेका छैनन् भन्ने यसले निष्कर्ष निकालेको छ।

धेरैजसो चिन्ताका क्षेत्रहरू एप्पल नीतिहरूसँग सम्बन्धित छन् जसले एप्पल आईओएस डिभाइसहरूमा मोबाइल ब्राउजरहरूले कसरी काम गर्छन् भनेर निर्धारण गर्दछ।

नियामकले अब सम्भावित उपचारहरूसहित विचार गर्न अघि बढ्ने बताईएको छ।

प्रकाशित: ३ चैत्र २०८१, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार