Technology Khabar ४ चैत्र २०८१, सोमबार
काठमाडौं ।
आईओएस १९ लाई लामो समयदेखि आईफोनहरूको लागि सबैभन्दा ठूलो सफ्टवेयर अपडेटहरू मध्ये एकको रूपमा लिइएको अवस्थामा यसले एयरपड्स प्रयोगकर्ताहरूको लागि पनि नयाँ सुविधा अनलक गर्ने भएको छ।
ब्लूमबर्ग न्यूजको नयाँ रिपोर्ट अनुसार, एप्पलले आफ्नो वायरलेस इयरबडहरूमा लाइभ ट्रान्सलेट क्यापाबिलिटिज (प्रत्यक्ष अनुवाद क्षमताहरू) ल्याउने भएको छ।
रिपोर्ट अनुसार, एयरपड्सले अब व्यक्तिगत कुराकानीहरू अनुवाद गर्ने क्षमता प्रदान गर्ने बताइएको छ र यसले आईओएस १९ चलाउने आईफोनहरूसँग मिलेर काम गर्ने उल्लेख गरिएको छ।
नयाँ सुविधाले एयरपड्स लगाउने व्यक्तिलाई इयरबडहरू मार्फत अपरिचित भाषाको प्रत्यक्ष अनुवाद प्राप्त गर्न अनुमति दिने बताइएको छ। त्यसपछि व्यक्तिले आफ्नै भाषामा कुरा गर्न सक्ने बताइएको छ जुन अर्को श्रोताको लागि पेयर्ड आईफोनको लाउडस्पीकरहरू मार्फत अनुवाद र प्ले गरिनेछ।
गुगलको पिक्सेल बड्स प्रो २ र सामसङको ग्यालेक्सी बड्स ३ र बड्स ३ प्रोले भने पहिलेदेखि नै समान दोभाषे मोडहरूलाई समर्थन गर्दै आएको छ।
एयरपड्सको कुन मोडेलहरूले नयाँ अपडेट प्राप्त गर्नेछन् भनेर रिपोर्टमा उल्लेख नगरिएको बताइएको छ। आईओएसको लागि ट्रान्सलेट एप सन् २०२० मा लन्च गरिएको थियो भने हाल १९ भाषाहरूलाई समर्थन गर्दछ।
त्यसैगरी नयाँ रिपोर्टमा एप्पलले आफ्नो तेस्रो पुस्ताको एयरपड्स प्रोका साथै बिल्ट–इन क्यामरा र एप्पल इन्टेलिजेन्स भएको अर्को मोडेलमा काम गरिरहेको कुरा पनि उल्लेख गरिएको छ जसले प्रयोगकर्ताको वरपरको वातावरणलाई भिजुअल इन्टेलिजेन्सको साथ विश्लेषण गर्न सक्नेछ भनि जीएसएमएरिनाले उल्लेख गरेको छ।
प्रकाशित: ४ चैत्र २०८१, सोमबार