बाइक चलाउने र तालिम बिना नै कार्यहरू गर्ने रोबोट प्रस्तुत

Technology Khabar ३ चैत्र २०८१, आईतवार

काठमाडौं ।

चिनियाँ स्टार्टअप एजीबोटले आफ्नो पछिल्लो उत्पादन लिङ्क्सी एक्स२ ह्युमनोइड रोबोटको अनावरण गरेको छ। रोबोटले एडभान्स्ड आर्टिफिशियल इन्टेलिजेन्स (उन्नत कृत्रिम बुद्धिमत्ता) लाई हाई–इण्ड रोबोटिक्ससँग कम्बाइन (संयोजन) गरेको बताइएको छ जसले यसलाई हिँड्न, दौडन, घुम्न, उफ्रन र बाइक वा स्कूटर चलाउन योग्य बनाएको उल्लेख छ।

लिङ्क्सी एक्स२ को उचाइ १.३ मिटर र तौल ३३.८ किलोग्राम रहेको छ भने यसको फ्लेक्सिबल एक्सटिरियर र प्रमुख इन्टिग्रेटेड कम्पोनेन्टस्ले यसलाई असाधारण बहुमुखी प्रतिभा प्रदान गर्ने उल्लेख गरिएको छ।

कम्पनीका अनुसार, यसमा “मुभमेन्ट, अन्तरक्रिया र टास्क पर्फमेन्स (कार्य प्रदर्शन) मा उत्कृष्ट इन्टेलिजेन्स” रहेको उल्लेख छ जसले रोबोट मोबिलिटी (गतिशीलता) र भर्सट्यालिटीमा नयाँ मापदण्डहरू कमायम गरेको बताइएको छ।

जिनी अपरेटर–१ (जीओ–१) आर्टिफिशियल इन्टेलिजेन्स (कृत्रिम बुद्धिमत्ता) मोडेलको साथ लिङ्क्सी एक्स२ ले फोटो र भिडियोहरू विश्लेषण गर्न सक्ने बताइएको छ जसले राम्रोसँग रियल–वर्ल्ड पर्फमेन्स र मानव गतिविधिहरूको अझ सटीक व्याख्या सक्षम बनाउने उल्लेख गरिएको छ।

यस बाहेक रोबोटले फेसियल एक्सप्रेसन (अनुहारको भाव) र भ्वाइसको टोनको विश्लेषण गर्न सक्ने बताइएको छ जसले यसलाई वार्ताकारहरूको भावनात्मक अवस्थाहरू सही रूपमा पहिचान गर्न र तदनुसार प्रतिक्रिया दिन सक्षम बनाएको उल्लेख गरिएको छ।

यसको डिजाइनको कारण, सिर्जनाकर्ताहरूका अनुसार, लिङ्क्सी एक्स२ ले मानव श्वासप्रश्वासको ढाँचाहरू पनि अनुकरण गर्न सक्ने बताइएको छ भने वरपरको वातावरणलाई चुपचाप अवलोकन गर्न र सूक्ष्म शरीरको चालहरू प्रदर्शन गर्न सक्ने भएकाले यससँगको अन्तरक्रिया अझ प्राकृतिक हुने टेलीग्राफले उल्लेख गरेको छ।

प्रकाशित: ३ चैत्र २०८१, आईतवार

तपाइको प्रतिक्रिया