चिनियाँ उद्योगमा स्मार्ट टेक्नोलोजी र डिजिटलीकरणको तीव्र विस्तार

  • Technology Khabar | १ फाल्गुन २०८१, बिहीबार
चिनियाँ उद्योगमा स्मार्ट टेक्नोलोजी र डिजिटलीकरणको तीव्र विस्तार

काठमाडौं ।

चीनले औद्योगिक डिजिटलाइजेसन र बौद्धिक स्तरवृद्धिलाई गति दिन ३० हजार भन्दा बढी आधारभूत स्तरका स्मार्ट कारखाना निर्माण गरेको उद्योग तथा सूचना प्रविधि मन्त्रालय (एमआइआइटी) ले जनाएको छ।

चीनको स्मार्ट फ्याक्ट्री ग्रेडियन्ट कार्य अन्तर्गतको पहलले एक हजार २०० उन्नत स्तर र २३० उत्कृष्ट स्तरका स्मार्ट कारखाना सृजना गरेको छ । मन्त्रालयका अनुसार यो उपलब्धिले देशको उत्पादन परिदृश्यलाई पुनः आकार दिनमा भएको महत्वपूर्ण प्रगतिलाई उजागर गर्दछ।

दुई सय ३० उत्कृष्टता स्तर कारखाना चीनका ३१ प्रान्तीय क्षेत्रमा ८० प्रतिशत भन्दा बढी उत्पादन क्षेत्र समेटेका छन्। यस अन्तर्गत एआई–सञ्चालित गुणस्तर निरीक्षण र डिजिटल अनुसन्धान तथा विकास सहित लगभग दुई हजार उन्नत परिदृश्यहरू सम्पन्न गरेको एमआइआइटीले जनाएको छ।

यसमा आवश्यक स्मार्ट निर्माण उपकरण, औद्योगिक सफ्टवेयर र स्मार्ट निर्माणको विशिष्ट परिदृश्यहरूमा केन्द्रित प्रणालीहरू प्रयोग गर्ने समावेश छ।

त्यसो गरेर, तिनीहरूले वास्तविक–समय डेटा सङ्कलन, मुख्य उत्पादन प्रक्रियाको स्वचालन, उत्पादन र परिचालन व्यवस्थापनको सूचनाकरण बढाउन र केही पक्षहरूमा बुद्धिमत्ता अन्वेषणको उपयोग गर्न सक्छन्।-रासस/सिन्ह्वा

प्रकाशित: १ फाल्गुन २०८१, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार