
काठमाडौं ।
राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशलाई अमेरिकी भौगोलिक नाम सूचना प्रणालीले आधिकारिक बनाएपछि एप्पलले मंगलबारदेखि आफ्नो नक्सामा मेक्सिकोको खाडीलाई अमेरिकाको खाडीको नाममा परिवर्तन गरेको छ।
गुगलले आधिकारिक सूची अद्यावधिक भएपछि परिवर्तन गर्ने बताएकोमा आइतबार एक ब्लग पोस्टमार्फत यसले परिवर्तन ल्याउन सुरु गरेको लेखेको थियो। गुगलको हकमा, कम्पनीले अमेरिकाका मानिसहरूले अमेरिकाको खाडी देख्नेछन् र मेक्सिकोका मानिसहरूले मेक्सिकोको खाडी देख्नेछन्। अरू सबैले दुवै नाम देख्ने बताएको थियो।
पदभार ग्रहण गरेपछि, ट्रम्पले दक्षिणी संयुक्त राज्य अमेरिका, मेक्सिको र क्युबासँग जोडिएको पानीको नाम परिवर्तन गर्न आदेश दिए।
अमेरिकी भौगोलिक नाम सूचना प्रणालीले आइतबार राति आधिकारिक रूपमा नाम अद्यावधिक गरेको छ। माइक्रोसफ्टले आफ्नो बिङ्ग नक्सामा पनि नाम परिवर्तन गरेको छ।
प्रकाशित: ३० माघ २०८१, बुधबार