एप्पलले ट्रिपल–स्क्रिन आईफोन उत्पादन गर्ने !

  • Technology Khabar | ३० माघ २०८१, बुधबार

काठमाडौं ।

फोल्डेबल स्मार्टफोनहरू अब लगभग सबै एन्ड्रोइड कम्पनीहरूको लाइनअपमा एक सामान्य डिभाइस भइसकेको अवस्थामा ती कम्पनीहरूले अब तीन पटक फोल्ड गर्ने मिल्ने फोनको साथ बोल्ड विचारहरू पछ्याएका छन्।

अर्कोतर्फ, एप्पलले भने अफवाहमा रहेको आफ्नो ‘डेब्यू फोल्डेबल डिभाइस’ को लागि प्रोडक्सन डिटेल्स (उत्पादन विवरणहरू) लाई अन्तिम रूप दिने भनिएको छ।

त्यसैगरी कम्पनीले कुनै समय, ट्रिपल–स्क्रिन फोन रिलिज गर्नेछ भनेर सुन्दा जो कोहीलाई पनि अचम्म लाग्नु स्वाभाविकै भएको विदेशी सञ्चारमाध्यमलाई उद्धृत गर्दै टेलिग्राफले जनाएको छ।

एप्पलले सन् २०२६ मा फोल्डेबल बजारमा प्रवेश गर्ने ब्लूमबर्गका गर्मनले बताएका छन्।

त्यसैगरी गर्मनले टेक जायन्टले अझै फोल्डेबल फोन जारी नगरेको हुनाले एप्पलको पाइपलाइनमा ट्रिपल–फोल्ड फोन छ कि छैन भनेर टिप्पणी गर्न धेरै चाँडो हुने बताएका छन्।

कम्पनीको इतिहास हेर्दा एप्पल प्राय जसो बोल्ड, नयाँ विचारहरूमा शर्त लगाउन हिचकिचाउने गरेको पाइएको हुनाले यो क्षणमा ट्रिपल–लेन्स फोनको सम्भावनाको बारेमा सोच्नु बेकार भएको उल्लेख गरिएको छ।

यस बीचमा, फोल्डेबल आईफोन भने अन्ततः वास्तविकता जस्तै सुनिन थालिएको र पछिल्लो अफवाहहरूले यो डिभाइसले ठूला स्क्रिनहरू, डुअल–क्यामरा प्रणाली र उच्च क्षमताको ब्याट्री समावेश गर्ने टेलीग्राफले उल्लेख गरेको छ।

प्रकाशित: ३० माघ २०८१, बुधबार

तपाइको प्रतिक्रिया