बैंगलोरको एक कम्पनीले ‘चीफ डेटिङ अफिसर’ खोज्दै, ब्रेकअप, सिच्युएशनशिप र डेटिङको अनुभव चाहिने

  • Technology Khabar | १९ माघ २०८१, शनिबार
बैंगलोरको एक कम्पनीले ‘चीफ डेटिङ अफिसर’ खोज्दै, ब्रेकअप, सिच्युएशनशिप र डेटिङको अनुभव चाहिने
सांकेतिक। डेटिङ एप। फ्रिपिक डटकमबाट।

काठमाडौं ।

भारतको बेंगलुरुस्थित मेन्टरिङ प्लेटफर्म टपमेटले प्रमुख डेटिङ अफिसर (सीडीओ) को लागि भर्ती गर्दैछ। यो भूमिका कर्पोरेट उम्मेदवारको सट्टा डेटिङ संस्कृतिको राम्रो ज्ञान भएका मानिसहरूका लागि डिजाइन गरिएको छ।

मार्केटिङ लिडद्वारा साझा गरिएको जागिर पोस्टिङले “घोस्टिङ” देखि “ब्रेडक्रम्बिंग” सम्मका आधुनिक डेटिङ बुझ्ने व्यक्ति खोजिरहेको छ। रिक्त पदका लागि आवेदन दिनेहरूसँग राम्रो अनुभव हुनुपर्नेछ, जसमा कम्तिमा एउटा ब्रेकअप, दुई सिच्युएशनशिप र तीन डेट्स समावेश छन्। यसैगरी डेटिङ एपहरूसँग परिचित हुनु अनिवार्य छ, तर क्याटफिसिङको अनुमति छैन।

बेंगलुरुस्थित मेन्टरिङ र कन्सल्टिङ प्लेटफर्म टोपमेटकी मार्केटिङ लिड निमिषा चन्दाले सामाजिक सञ्जाल एक्समा एउटा अनौठो जागिरको अवसर पोस्ट गरिन्। यो पद मुख्य डेटिङ अफिसर अर्थात् सीडीओको लागि हो।नामले नै सुझाव दिएझैं, कम्पनीले प्रेम, हृदयविदारक सम्बन्ध र अनलाइन डेटिङको संसारमा एक प्रामाणिक विशेषज्ञ खोजिरहेको छ।

पोस्टमा लेखिएको छ, “हामी एक प्रमुख डेटिङ अफिसर खोजिरहेका छौं। के तपाईं उत्तम डेटिङ सल्लाहका लागि उत्तम साथी हुनुहुन्छ? हामी डेटिङ संस्कृतिमा बाँच्ने र सास फेर्ने व्यक्तिलाई काममा राख्दैछौं।”

यति मात्र होइन, प्लेटफर्मले आजको डेटिङ संसारको जटिलताहरू बुझ्ने व्यक्तिको खोजी गरिरहेको छ। पोस्टमा भनिएको छ, “स्वयंघोषित म्याचमेकर जसले “घोस्टिङ,” “ब्रेडक्रम्बिंग” र अन्य धेरै कुराहरू डिकोड गर्न सक्छ।”

यो जागिर पाउनका लागि केही मुख्य सर्तहरू तोकिएका छन् जसमा ⁠⁠”कम्तिमा एउटा ब्रेकअप, दुई ओटा सिच्युएशनशिप र ३ ओटा डेटिङहरू” को अनुभव हुनुपर्छ। प्रमाणको रूपमा कुनै रसिद मागिने छैन भनिएको छ, तर यस बारेका कथाहरू सोधिनेछन।

साथै, ⁠⁠⁠सबै नयाँ डेटिङ टर्मिनोलोजीहरू बारे सचेत हुनुपर्छ र आफैं नयाँ डेटिंग टर्म्स आविष्कार गर्न पर्याप्तरुपमा रचनात्मक व्यक्ति हुनुपर्ने उल्लेख छ।

प्रकाशित: १९ माघ २०८१, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Sparrow SMS celebrates sixteen years of delivering messages

  • Technology Khabar
  • १९ माघ २०८१, शनिबार