मिस्टर बीस्टले नेतृत्व गरेको समूहले टिकटकको लागि २० बिलियन अमेरिकी डलर भन्दा बढी प्रस्ताव गर्यो

  • Technology Khabar | १९ माघ २०८१, शनिबार
मिस्टर बीस्टले नेतृत्व गरेको समूहले टिकटकको लागि २० बिलियन अमेरिकी डलर भन्दा बढी प्रस्ताव गर्यो

काठमाडौं ।

अमेरिकी लगानीकर्ताहरूको एक कन्सोर्टियमले टिकटक प्राप्त गर्ने योजना बनाएको ब्लूमबर्गले रिपोर्ट गरेको छ। अनलाइन व्यक्तित्व मिस्टर बीस्टको नेतृत्वमा रहेको समूहले बोलीको लागि भनेर २० बिलियन अमेरिकी डलर भन्दा बढि उठाएको भनि एक प्राविधिक उद्यमी र एम्प्लोयर डट कमको संस्थापक जेसी टिन्सले रिपोर्ट गरेका छन्।

मिस्टर बीस्टको समूहले रोब्लक्सका सह–संस्थापक र सीईओ डेभिड बास्जुकी र एन्कोरेज डिजिटलका सह–संस्थापक र सीईओ नाथन म्याककाउली गरी दुई अन्य उच्च–प्रोफाइल लगानीकर्ताहरू पनि भर्ती गरेको टिन्सलेले पुष्टि गरेको बताइएको छ।

प्रोजेक्ट लिबर्टीका एलए डजर्सका मालिक फ्रान्क म्याककोर्ट र शार्क ट्याङ्कका केभिन ओ’लेरी संलग्न साझेदारीले २५ बिलियन अमेरिकी डलरमा बोलीको लागि मूल्याङ्कन उनीहरू गरे जस्तै मिस्टर बीस्टको समूहले २० बिलियन अमेरिकी डलरको प्रतिस्पर्धात्मक प्रस्ताव पार गरेको बताइएको छ।

त्यसका साथै इलन मस्क र माइक्रोसफ्टले टिकटकको अमेरिकी अपरेसनहरू प्राप्त गर्ने कुराकानीका लागि प्रस्तावहरू प्रशस्त आएको उल्लेख गरिएको छ।

धेरै सम्भावित खरीददारहरूको बावजुद, बाइटडान्सले सम्भावित सम्झौताको बारेमा भने कुनै टिप्पणीहरू प्रदान नगरेको जीएसएमएरिनाले उल्लेख गरेको छ।

प्रकाशित: १९ माघ २०८१, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार