युक्रेनद्वारा एआई मोडललाई प्रशिक्षित गर्न युद्धसम्बन्धी विशाल डाटा संकलन

  • Technology Khabar | ६ पुष २०८१, शनिबार
युक्रेनद्वारा एआई मोडललाई प्रशिक्षित गर्न युद्धसम्बन्धी विशाल डाटा संकलन

काठमाडौं ।

रूसले युक्रेनमाथि गरेको आक्रमणका क्रममा दुवै पक्षले कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग गरिरहेका छन्। यसले लक्ष्य पहिचान गर्न र छविहरूलाई मानवले भन्दा निकै छिटो स्क्यान गर्न सक्षम बनाएको छ। यस्तो अवस्थामा, युक्रेनले एआई तालिमको लागि महत्त्वपूर्ण स्रोतको रूपमा लाखौं घण्टा ड्रोन फुटेज संकलन गरेको छ।

एआई तालिमको लागि महत्त्वपूर्ण डाटा

ओसीएचआईका संस्थापक ओलेक्जान्दर दिमित्रिएभका अनुसार, १५,००० भन्दा बढी ड्रोन टोलीहरूको भिडियो फिडलाई केन्द्रीकृत र विश्लेषण गर्ने यो प्रणालीले २०२२ देखि अहिलेसम्म २ लाख घण्टा, अर्थात् २२८ वर्ष बराबरको युद्धक्षेत्रको भिडियो संकलन गरेको छ।

दिमित्रिएभले भने, “यो एआईका लागि खाना हो: यदि तपाईं एआईलाई तालिम दिन चाहनुहुन्छ भने यसलाई २ लाख घण्टा भिडियो दिनुहोस्। यो कुनै असाधारण चीज बन्नेछ।”

दिमित्रिएभका अनुसार, यो फुटेजलाई युद्ध रणनीति, लक्ष्य पहिचान, र हतियार प्रणालीको प्रभावकारिता मूल्याङ्कन गर्न एआई मोडलहरू तालिम दिन प्रयोग गर्न सकिन्छ। उनले थपे, “यो मूलतः अनुभव हो, जसलाई गणितीय सूत्रमा परिणत गर्न सकिन्छ।” एआई कार्यक्रमले हतियार प्रभावकारी हुने कोण र प्रक्षेपपथ अध्ययन गर्न सक्छ।

ओसिएचआई प्रणालीको विकास

यस प्रणालीको सुरुवात २०२२ मा सैनिक कमाण्डरहरूलाई एकै पटक धेरै ड्रोन टोलीहरूको भिडियो फिड देखाएर युद्धक्षेत्रको सम्पूर्ण अवस्था बुझाउन गरिएको थियो। तर, प्रणाली चलाउने टोलीले यो भिडियो युद्धको अभिलेखका रूपमा पनि उपयोगी हुन सक्ने महसुस गरेपछि यसलाई भण्डारण गर्न सुरु गरे।

दिमित्रिएभका अनुसार, दैनिक रूपमा युद्धबाट पाँचदेखि ६ टेराबाइटसम्मको नयाँ डाटा थपिने गरेको छ।

भविष्यका सम्भावना र अन्तर्राष्ट्रिय चासो

दिमित्रिएभले युक्रेनका केही विदेशी सहयोगीहरूसँग आफ्नो प्रणालीबारे छलफल भइरहेको बताए। तर उनले थप विवरण दिन अस्वीकार गरे। अमेरिकाको सेन्टर फर अ न्यूअमेरिकन सेक्युरिटीका वरिष्ठ फेलो सामुएल बेन्डेटका अनुसार यति ठूलो मात्रामा डाटाले एआई प्रणालीलाई तिनले देखेको कुरा के हो र त्यसपछि के कदम चाल्ने भन्ने सिकाउन महत्त्वपूर्ण भूमिका खेल्न सक्ने रोयटर्सले उल्लेख गरेको छ।

प्रकाशित: ६ पुष २०८१, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार