
काठमाडौं ।
राष्ट्रिय सतर्कता केन्द्रले उपत्यका भित्र २५ जना ईञ्जिनियर सहभागीहरुको लागि प्राविधिक परीक्षक तालिम सञ्चालन गर्ने भएको छ। केन्द्रले उक्त तालिम कार्यक्रम सञ्चालन गर्न इच्छुक नेपाली तालिम प्रदायक संस्था वा फर्महरुबाट सिलबन्दी प्राविधिक तथा आर्थिक प्रस्ताव आव्हान गरेको छ।
केन्द्रले आज एक सूचना प्रकाशित गरी यस्तो आह्वान गरेको हो। ‘यस केन्द्रबाट चालु आ.ब. २०८१/८२ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार काठमाडौं उपत्यका भित्र २५ जना ईञ्जिनियर सहभागीहरुको लागि प्राविधिक परीक्षक तालिम सञ्चालन गर्नुपर्ने भएकोले साथै यस तालिममा सहभागी हुन चाहने योग्यता पुगेका इच्छुक ईञ्जिनियरहरुलाई आवेदन आव्हान गरिएको छ’, सूचनामा उल्लेख छ।
प्रस्ताव सम्बन्धी कागजात तथा आवेदन सम्बन्धी विवरणहरु केन्द्रको वेबसाइट www.nvc.gov.np बाट डाउनलोड गरी प्राप्त गर्न सकिनेछ भने थप जानकारीको लागि केन्द्रको प्राविधिक परीक्षण तथा अनुगमन महाशाखा ( फोन नं. ०१-४२००३५०, ४२११९४८) मा सम्पर्क गर्न सकिने केन्द्रले जनाएको छ।
प्रकाशित: ५ पुष २०८१, शुक्रबार