
काठमाडौं ।
एप्पल र मेटा युरोपमा गोपनीयता र अन्तरसम्बद्धता नियमहरूलाई लिएर विवादमा छन्। यो विवाद ईयूको डिजिटल मार्केट्स एक्ट (डीएमए) अन्तर्गत हो, जसले ठूला टेक कम्पनीहरूलाई (जस्तै एप्पल र मेटा) आफ्नो मुख्य सेवा प्रतिस्पर्धीहरूलाई प्रयोग गर्न दिन बाध्य पार्छ।
एप्पलका लागि यो नियम आईओएस, सफारी र एप स्टोरजस्ता सेवामा लागू हुन्छ।
एप्पल, जसले डीएमए लाई समर्थन गर्दैन, अहिले मेटा लाई आलोचना गर्दैछ। एप्पलले मेटा ले १५ वटा ठूला अनुरोध गरेको दावी गरेको छ, जसले गर्दा मेटाका एपहरू (फेसबुक, इन्स्टाग्राम, मेसेञ्जर, थ्रेड्स, व्हाट्सएप) लाई प्रयोगकर्ताका व्यक्तिगत डाटाहरू, जस्तै सन्देशहरू, इमेल, कल, फोटो, पासवर्ड जस्ता संवेदनशील जानकारीमा पहुँच दिनुपर्छ र यसले गोपनीयतामा खतरा पुर्याउन सक्छ।
मेटाले भने एप्पललाई आधारहीन गोपनीयता बहानामा निष्पक्ष प्रतिस्पर्धा रोक्न खोजेको आरोप लगाएको छ। यो विवाद ईयूमा प्रतिस्पर्धा र प्रयोगकर्ताको गोपनीयता बचाउन यी दुई बीचको संघर्षलाई देखाउने टेकक्रञ्चले उल्लेख गरेको छ।
प्रकाशित: ५ पुष २०८१, शुक्रबार