
काठमाडौं ।
नेपालको पहिलो डिजिटल वालेट “आइएमई पे”ले आईईएलटीएस टेस्टको शुल्क भुक्तानीमा रु. २ हजार क्याशब्याक प्रदान गर्ने भएको छ। कम्पनीले यसअघि १ हजार रुपैयाँसम्म छुट दिँदै आएकोमा त्यसलाई अझ परिस्कृत गर्दै सेवाग्राहीलाई आईईएसटीएस टेस्ट शुल्कमा फ्ल्याट रु. २००० क्यासब्याक प्रदान गर्ने योजना सार्वजनिक गरेको हो।
कम्पनीका अनुसार सेवाग्राहीहरुले यो क्यासब्याक सुविधा यही पौष ५ गते सम्म प्राप्त गर्न सक्नेछन् भने पहिले सार्वजनिक भएको अफर अनुसार रु १००० छुट सुविधा निरन्तर चलिरहने छ।
यो नयाँ सेवामार्फत अब प्रयोगकर्ताले समय र मेहनत बचाएर आइएमई पे एप मार्फत आफ्नो आईईएलटीएस परीक्षा शुल्क सहजै तिर्न सक्नेछन्। प्रयोगकर्ताहरुले आईईएलटीएसको एकेडेमिक टेस्ट र जेनेरल ट्रेनिङ टेस्ट, आईईएलटीएस यूकेभीआईको एकेडेमिक टेस्ट र जेनेरल ट्रेनिङ टेस्ट, लाइभ स्किल्स ए१/ए१, बी१ को निम्ति भुक्तानी गर्न सक्नेछन्।
आइएमई पे एपबाट आईईएलटीएस टेस्टको मिति बुक गर्न र शुल्क भुक्तानी गर्न प्रयोगकर्ताहरुले एपको होमपेजमा “वाट्स निउ” भागमा ” आईईएलटीएस टेस्ट बुकिङ” मा गएर सोधिएको विवरण भरेर गर्न सक्ने कम्पनीले जनाएको छ।
प्रकाशित: ४ पुष २०८१, बिहीबार