नेपाल टेलिकमको नाममा स्क्याम भईरहेकोमा सतर्क हुन कम्पनीको आग्रह

Technology Khabar ४ पुष २०८१, बिहीबार

काठमाडौं ।

नेपाल टेलिकमको लोगो प्रयोग गरी सामाजिक सञ्जालमार्फत गलत सूचना प्रवाह भईरहेको भन्दै नेपाल टेलिकमले सतर्क हुन आग्रह गरेको छ।

हाल ‘नेपाल टेलिकमले आउँदै गरेको क्रिसमस तथा अंग्रेजी नयाँ वर्षको अवसर पारेर रु. ५ हजार सम्मको नगद तथा उपहारको व्यवस्था गरेको’ भनेर नेपाल टेलिकमको आधिकारिक लोगो समेत प्रयोग गरी विभिन्न फेसबुक ग्रुप र म्यासेन्जर लगायतका सामाजिक सञ्जालमार्फत गलत सूचना प्रवाह भैरहेको पाइएकोले यसप्रति सचेत रहन सबैलाई अनुरोध गरेको छ।

कम्पनीको आधिकारिक ब्लु टिक सहितको फेसबुक र एक्स लगायतका सामाजिक सञ्जालमा भएका सूचना तथा कम्पनीको आधिकारिक वेबसाइटलाई मात्र आधार  मानेर कम्पनीका सेवाको बारेमा जानकारी लिन कम्पनीका प्रवक्ता हरि ढकालले आग्रह गरेका छन्।

प्रकाशित: ४ पुष २०८१, बिहीबार

तपाइको प्रतिक्रिया