Technology Khabar ३ पुष २०८१, बुधबार
काठमाडौं ।
नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको कर्मचारीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक पदमा मनकामना ६ संखुवासभाका लोकबहादुर कट्वाल निर्वाचित भएका छन्।
नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, निर्वाचन अधिकृतको कार्यालयले
निर्वाचन परिणाम सार्वजनिक गर्दै कटवाल विजयी भएको घोषणा गरेको हो।
निर्वाचित कटवालले १ हजार ३३५ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी छायाछेत्र ५ सल्यानका लाल बहादुर रानाले १ हजार १८२ मत प्राप्त गरेका छन्। यसैगरी अर्का प्रतिद्वन्द्वी बाग्लुङ १ का केशव शर्माले ८९८ मत प्राप्त गरेका छन्।
‘उपरोक्त परिणाम अनुसार श्री लोक बहादुर कटुवालले सबभन्दा बढी मत प्राप्त गर्नु भएकोले सञ्चालक पदमा निर्वाचित हुनु भएको घोषणा गर्दछु’, निर्वाचन अधिकृत विर्झर भट्टराईले हस्ताक्षर गरेको पत्रमा उल्लेख गरिएको छ।
प्रकाशित: ३ पुष २०८१, बुधबार