सानिमा बैंक र नेपाल क्लियरिङ हाउसबीच अलिपे प्लस मार्फत अन्तरदेशीय क्यूआर भुक्तानी गर्ने सम्झौता 

  • Technology Khabar | ३ पुष २०८१, बुधबार
सानिमा बैंक र नेपाल क्लियरिङ हाउसबीच अलिपे प्लस मार्फत अन्तरदेशीय क्यूआर भुक्तानी गर्ने सम्झौता 

काठमाडौं ।

सानिमा बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेडसँग अलिपे प्लस नेटवर्क प्रयोगकर्ताहरुलाई सहज रुपमा अन्तरदेशीय क्यूआर भुक्तानी गर्न सम्झौता गरेको छ।

यस सम्झौता अन्तर्गत चीन, हङ्गकङ्ग, सिंगापुर, मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, मङ्गोलिया, थाईल्याण्ड, दक्षिण कोरिया, स्वीडेन तथा इटाली लगायतका देशहरुबाट नेपाल आएका पर्यटकहरु र अलिपे प्लस प्रयोगकर्ताहरुले डोमेस्टिक वालेट मार्फत नेपालमा रहेका नेपालपे क्यूआर तथा यसका इन्टरअपरेबल क्यूआरमा सजिलै भुक्तानी गर्न सक्नेछन्।

उक्त सम्झौता पत्रमा सानिमा बैंकका तर्फबाट प्रमुख निक्षेप अधिकृत हेमराज संज्याल र नेपाल क्लियरिङ हाउसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका हुन्।

सानिमा बैंकको नेपाल क्लियरिङ हाउससँगको यस सहकार्यले नेपालमा पर्यटकहरुलाई सहज र सुरक्षित डिजिटल भुक्तानीको प्रवर्द्धन गर्ने उद्देश्य रहेको बताइएको छ।

प्रकाशित: ३ पुष २०८१, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार