रुसमा भाइबरमाथि प्रतिबन्ध

Technology Khabar २ पुष २०८१, मंगलवार

काठमाडौं ।

रुसी सञ्चार नियामक रोस्कोमनाडजोरले मेसेजिङ एप भाइबरमा पहुँच बन्द गरेको घोषणा गरेको छ। रुसी अधिकारीहरुले यो कार्यलाई सामाजिक मिडिया प्लेटफर्महरुमा व्यापक क्र्याकडाउनको एक हिस्सा भएको रिपोर्ट गरिएको छ।

रोस्कोमनाडजोरका अनुसार आतंकवाद, चरमपन्थी र लागूपदार्थको तस्करी विरुद्ध लड्ने उद्देश्यका नियमहरूको कथित उल्लङ्घनका कारण प्रतिबन्ध लगाइएको बताइएको छ।

याहून्यूज लाई उद्धृत गर्दै टेलिग्राफले रुसमा भाइबरको उल्लेखनीय उपस्थिति रहेको र सन् २०२३ को अक्टोबर सम्ममा १२ वर्ष र सोभन्दा बढी उमेरका रुसी जनसंख्याको २६ प्रतिशतले यो एप प्रयोग गरेको बताएको छ।

त्यसैगरी राज्य समाचार एजेन्सी टीएएसएस को रिपोर्टका अनुसार लगभग १४ प्रतिशत प्रयोगकर्ताहरूले यसलाई दैनिक प्रयोग गर्ने गरेको उल्लेख छ।

युक्रेनमा रूसको युद्धको बारेमा “फेक” (नक्कली) मानिएको सामग्री हटाउन असफल भएकोमा सन् २०२३ मा भाइबरलाई एक मिलियन रूबल (लगभग ११,८८० अमेरिकी डलर) जरिवाना गरिएको थियो।

यसबाहेक, रुसी अधिकारीहरूले युक्रेनमा रुसी आक्रमण सुरु भएको केही समयपछि सन् २०२२ मा एक्स र फेसबुकमाथिको पहुँचमा प्रतिबन्ध लगाएका थिए।

साथै यी कदमहरू पछ्याउँदै, रूसले सन् २०२२ को मार्चमा फेसबुक र इन्स्टाग्राममाथि पूर्ण रुपमा प्रतिबन्ध लगाएको थियो।

सन् २०२४ को डिसेम्बरदेखि भाइबरले राष्ट्रिय कानूनको उल्लङ्घन गरेकोमा कुल १.८ मिलियन रूबल (लगभग १७,४०२ अमेरिकी डलर) भन्दा बढी जरिवाना भोगेको टेलीग्राफले उल्लेख गरेको छ।

प्रकाशित: २ पुष २०८१, मंगलवार

तपाइको प्रतिक्रिया