असोज महिनासम्म नेपाल भित्रियो साढे ६ करोडमाथिको ‘माइक्रोवेभ ओभन’

Technology Khabar २३ कार्तिक २०८१, शुक्रबार

काठमाडौं ।

चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो महिना असोज मसान्तसम्म नेपालमा ६ करोड ६४ लाख ९८ हजार रुपैयाँ बराबरका माइक्रोवेभ ओभन आयात भएका छन्।

भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्षको असोज मसान्तसम्मको वैदेशिक व्यापारसम्बन्धी तथ्याङ्कअनुसार नेपालले विश्वका विभिन्न १० देशहरु र एउटा नाम नखुेको स्थानबाट उक्त मूल्य बराबरका ७ हजार २४१ थान यस्ता माइक्रोवेभ ओभन आयात गरेको हो।

यी परिमाणमा माइक्रोवेभ ओभन आयातवापत् सरकारले १ करोड ५५ लाख ४९ हजार रुपैयाँ राजश्व आम्दानी गरेको छ।

यसरी ३ महिनामा नेपाल भित्रिएकामध्ये सबैभन्दा धेरै चीनबाट २ करोड ९८ लाख ८ हजार बराबरको ४ हजार ३९ थान तथा भारतबाट २६ लाख ५ हजार बराबरको २ हजार १८७ थान  ओभन आएको छ।

यसैगरी मलेसियाबाट ९४ लाख ७९ हजार बराबरको ७०३ थान, कतारबाट ३ लाख ६६ हजार बराबरको १२३ थान, यूएईबाट २ लाख ८ हजार बराबरको ६९ थान, साउदी अरेबियाबाट १ लाख ३१ हजार बराबरको ५१ थान, कुवेतबाट १ लाख १४ हजार बराबरको ४५ थान आयात भएको छ।

बहराइनबाट २६ हजार बराबरको ११ थान, ओमनबाट ५ हजार बराबरको १० थान, नाम  नखुलेको स्थानबाट ६ हजार बराबरको २ थान र सिंगापुरबाट २ हजार बराबरको १ थान माइक्रोवेभ ओभन आएको तथ्याङ्कले देखाएको छ।

यस्तो छ आयातको विवरण

क्र. स.देशपरिमाणरकम
बहराइन११२६०००
चीन४०३९२,९८,०८,०००
भारत२१८७२,६०,५५,०००
कुवेत४५१,१४०००
मलेसिया७०३९७,४९,०००
नाम नखुलेको६०००
ओमन१०५,०००
कतार१२३३,८८,०००
साउदी अरेबिया५११,३८,०००
१०सिंगापुर२,०००
११यूएई६९२,०८,०००
जम्मा७२४१६,६४,९८,०००

प्रकाशित: २३ कार्तिक २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया