दक्षिण क्यारोलिनामा दुईओटा नयाँ डाटा सेन्टर बनाउन अल्फाबेटद्वारा ३.३ बिलियन लगानी

  • Technology Khabar | १२ आश्विन २०८१, शनिबार
दक्षिण क्यारोलिनामा दुईओटा नयाँ डाटा सेन्टर बनाउन अल्फाबेटद्वारा ३.३ बिलियन लगानी

काठमाडौं ।

गुगलले दक्षिण क्यारोलिनामा दुईवटा नयाँ डाटा सेन्टर बनाउन ३.३  बिलियन डलर लगानी गर्ने योजना बनाएको छ। यो योजनाबारे गुगलका प्रमुख कार्यकारी अधिकृत सुन्दर पिचाईले हालै जानकारी दिएका रोयटर्सले जनाएको छ।

यो समय गुगल र यसको प्रतिस्पर्धी कम्पनीहरूले एआई एप्लिकेसनको विकासलाई समर्थन गर्ने पूर्वाधारमा ठूलो लगानी गरिरहेका छन्।

‘सर्च इन्जिन कम्पनीले डोर्चेस्टर काउन्टीमा दुईवटा नयाँ डाटा सेन्टर क्याम्पस स्थापना गर्ने र बर्कले काउन्टीमा पहिलेको डाटा सेन्टर क्याम्पसलाई विस्तार गर्नेछ’, दक्षिण क्यारोलिनाका गभर्नरको कार्यालयले बिहीबार एक विज्ञप्तिमा जनाएको छ।

नयाँ डोर्चेस्टर काउन्टीका सुविधाहरू रिजभिलको पाइन हिल व्यवसायिक क्याम्पस र सेन्ट जर्जको विन्डिङ वुड्स कमर्स पार्कमा हुनेछ, जसमा २ बिलियन डलरको लगानी हुनेछ र २०० नयाँ अपरेसनल रोजगार सिर्जना गर्नेछ साथै अल्फाबेटले बर्कले काउन्टीमा १.३ बिलियन डलर लगानी गर्नेछ।

गत जुलाईमा अल्फाबेटले जून त्रैमासिकमा १३ बिलियन डलरको पूँजी खर्च रिपोर्ट गरेको थियो र कम्पनीले सन् २०२४ को बाँकी समयको त्रैमासिक पूँजी खर्च १२ बिलियन डलर वा सोभन्दा बढी हुने बताएको थियो।

यसै महिनाको सुरुवातमा, माइक्रोसफ्टले ब्ल्याकरक र अबु धाबीको लगानी फर्म एमजीएक्ससँग मिलेर एआई पूर्वाधारमा लगानी गर्न ३० बिलियन डलरभन्दा बढीको कोष सुरु गर्ने घोषणा गरेको थियो।

प्रकाशित: १२ आश्विन २०८१, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

ड्रोनबाट मतदान स्थल निगरानी गरिने

  • Technology Khabar
  • १२ आश्विन २०८१, शनिबार