Technology Khabar ११ श्रावण २०८१, शुक्रबार
काठमाडौं ।
सरकारले वित्तीय क्षेत्रले अवलम्बन गरेका डिजिटल प्रविधिमा प्रयोग हुने आर्टिफिसियल इन्टेलिजेन्स सम्बन्धी मार्गदर्शन तर्जुमा गर्ने भएको छ ।
नेपाल राष्ट्र बैंकले आज शुक्रबार आर्थिक वर्ष २०८१।८२ को मौद्रिक नीति सार्वजनिक गर्दै यस प्रकारको मार्गदर्शन तर्जुमा गर्ने बताएको हो ।
“यस बैंकबाट इजाजतपत्र।अनुमतिपत्रप्राप्त संस्थामा बढ्दै गइरहेको डिजिटल प्रविधिको प्रयोगलाई मध्यनजर गर्दै वित्तीय क्षेत्रमा प्रयोग हुने कृत्रिम बौद्धिकता सम्बन्धमा आवश्यक अध्ययन गरी यसबाट सृजना हुनसक्ने जोखिमहरु पहिचान गरी सोलाई न्यूनीकरण गर्दै कृत्रिम बौद्धिकतालाई अधिकतम सदुपयोग गर्न यससम्बन्धी मार्गदर्शन तर्जुमा गरिनेछ’, नीतिमा उल्लेख गरिएको छ ।
प्रकाशित: ११ श्रावण २०८१, शुक्रबार