विपत् पूर्वसूचना प्रणाली जडान गर्ने तयारी

  • Technology Khabar | २४ जेष्ठ २०८१, बिहीबार
विपत् पूर्वसूचना प्रणाली जडान गर्ने तयारी

काठमाडौं ।

बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले प्रदेशमा विपत् पूर्वसूचना प्रणाली जडान गर्ने तयारी गरिएको बताएका छन्।

मन्त्रालयको आयोजनामा बुधबारबाट हेटौँडामा सुरु भएको विपत् व्यवस्थापनका लागि संयुक्त कृत्रिम अभ्यास कार्यक्रमममा बोल्दै मन्त्री श्रेष्ठले विपत् जोखिम क्षेत्र पहिचान गरेर नक्साङ्कन गर्ने काम भइसकेकाले विपत् पूर्वसूचना प्रणाली जडान गर्ने बताए।

प्रणाली जडान भएपछि धनजनको क्षति न्यूनीकरण हुनेमा विश्वास व्यक्त गर्दै उनले विपत् न्यूनीकरणका लागि प्रदेशमा रहेका तीन ओटै गोदाम घरका लागि तीन करोड रुपियाँ बराबरको विपत् सामग्री खरिद गर्ने प्रक्रियामा रहेको जानकारी दिए। गोरखापत्रबाट

प्रकाशित: २४ जेष्ठ २०८१, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...