सामसङको ग्यालेक्सी वाच एफईको तस्विर र बजार मूल्यको जानकारी लीक

  • Technology Khabar | २५ जेष्ठ २०८१, शुक्रबार
सामसङको ग्यालेक्सी वाच एफईको तस्विर र बजार मूल्यको जानकारी लीक

काठमाडौं ।

सामसङ ग्यालेक्सी वाच एफईको आधिकारिक देखिने तस्बिरहरूका साथै स्पेक्सहरूसहित सबै विवरणहरु लीक भएको छ। विगतका केही हप्ताहरूमा यसको नामको विषयमा केही मतभेदहरु उत्पन्न भएको र केही स्रोतहरूले यसलाई वाच एफई भनिरहँदा अन्य स्रोतहरूले भने यसलाई वास्तवमा ग्यालेक्सी वाच ४ (२०२४) नै भएको दाबी गरेका छन्।

यसै क्रममा ब्लुटुथ एसआईजीले सामसङको यस वाचको सही नाम ग्यालेक्सी वाच एफई भएको दाबी गरेसँगै उक्त बहस टुङ्गिएको बताईएको छ।

पहिलेको लीकमा वाच एफईको नाम र मूल्य गरी दुई मुख्य जानकारी उल्लेख थिएनन। तर एक टिपस्टरले एक्समार्फत त्यस बारे स्पष्ट रूपमा जानकारी दिँदै यूरोजोनमा वाच एफईको मूल्य १९९ यूरो तोकिने बताएका छन्। तर अमेरिकामा भने यसको मूल्य यूरोपमा भन्दा अलि कम हुन सक्ने  उल्लेख गरिएको छ।

त्यसैगरी, फ्रान्समा यदि कसैले बुधबारदेखि जुन ३० सम्ममा ग्यालेक्सी एस २४, एस २४ प्लस वा एस २४ अल्ट्रा किनेमा वा यसको लागि ओरेन्ज योजना लियो भने, तिनीहरुले निःशुल्क ग्यालेक्सी वाच एफई प्राप्त गर्ने रिपोर्टमा भनिएको छ। जुलाई १० मा घोषणा हुने अपेक्षा गरिएको ग्यालेक्सी वाच ७ र ग्यालेक्सी वाच अल्ट्रा भन्दा पहिलेनै वाच एफई बजारमा आउनसक्ने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रकाशित: २५ जेष्ठ २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Award-winning ‘Electric Compact Vehicle of the Year 2026’ – Proton e.MAS 5 coming to Nepal

  • Technology Khabar
  • २५ जेष्ठ २०८१, शुक्रबार