
काठमाडौं ।
कोर्निङ इनकर्पोरेटेडले विशेष गरी मिड–रेन्ज (मध्यम दायरा) र किफायती स्मार्टफोनहरूको लागि डिजाइन गरिएको नयाँ प्रडक्टको रुपमा गोरिल्ला ग्लास ७आई लन्च गरेको छ।
यो नयाँ अपग्रेडले हाल बजारमा रहेका धेरै मिड–रेन्ज डिभाइसहरूमा प्रयोग हुने गरेको पुरानो गोरिल्ला ग्लास संस्करणहरूको तुलनामा ड्रप र स्क्र्याचहरू विरुद्ध राम्रो सुरक्षा प्रदान गर्ने उल्लेख छ।
७ आई १ मिटरसम्मको उचाइदेखि झर्दा/खस्दा पनि सुरक्षा प्रदान गर्ने
मिड–रेन्ज फोनहरूमा हाल पुरानो गोरिल्ला ग्लास संस्करणहरू (जस्तै २०१६ मा लन्च गरिएको गोरिल्ला ग्लास ५) प्रचलनमा रहेको कारणले गर्दा कोर्निङले ७ आई प्रस्तुत गरेको जनाएको छ। कोर्निङले मिड–रेन्ज डिभाइहरूमा हाई–क्वालिटी (उच्च–गुणस्तर) को डिस्प्लेहरुको प्रवृत्तिलाई फिट गर्दै बजेट सचेत फोन निर्माताहरूलाई आकर्षित गर्ने प्रयास गर्नेछ।
नयाँ ग्लासले ड्युराबिलिटि (स्थायित्व) मा उल्लेखनीय सुधारहरू प्रदान गर्ने कोर्निङले प्रेस विज्ञप्तिमा भनेको छ।
साथै प्रयोगशालामा गरिएका परीक्षणहरूले ७ आई पिच गरिएको सडक जस्ता अन्य कुनै कडा सतहमा १ मिटरसम्मको उचाइबाट खस्दा पनि केही असर नपर्ने देखाएको उल्लेख छ।
यसको प्रतिस्पर्धी एल्युमिनोसिलिकेट ग्लास भने सामान्यतया धेरै कम उचाइ (लगभग ०.५ मिटर वा कम) देखि खसेको खण्डमा पनि फुट्ने वा चकिर्ने गर्दछ।
ड्रप प्रोटेक्शन बाहेक, गोरिल्ला ग्लास ७ आईले बजारमा रहेका अन्य लिथियम एल्युमिनोसिलिकेट कभर ग्लासको तुलनामा दोब्बर स्क्र्याच प्रतिरोध प्रदान गर्ने गिज्मोचाइनाले उल्लेख गरेको छ।
प्रकाशित: २५ जेष्ठ २०८१, शुक्रबार