विपद्मा परेका नागरिकले सम्पर्क गर्नका लागि ११४९ टोल फ्रि नम्बर संचालनमा

  • Technology Khabar | २३ जेष्ठ २०८१, बुधबार
विपद्मा परेका नागरिकले सम्पर्क गर्नका लागि ११४९ टोल फ्रि नम्बर संचालनमा

काठमाडौं ।

सरकारले मनसुन तथा विपदजन्य जोखिमका बारेमा जानकारी दिनका लागि पैसा नलाग्ने टेलिफोन सञ्चालनमा ल्याएको छ।

उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले ११४९ नम्बरमा आम नागरिकले २४ सै घण्टा टेलिफोन गरेर विपदकाबारेमा जानकारी लिन सक्ने बन्दोबस्ती गरिएको जानकारी दिए।

गृहमन्त्री लामिछानेले यसवर्ष मनसुन सुरु हुनुअघि नै सरकारले विपद् न्युनिकरणको पूर्वतयारी गरिरहेको र सूचना दिने बारेमा समेत गंभिररुपमा लिएको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणसहित र जल तथा मौसम विभागसँगको सहकार्यमा सूचना प्रदान गरिने बताएका हुन्।

प्रतिनिधि सभाको आजको बैठकमा सांसदमा विभिन्न समयमा उठेका विषयमा जवाफ दिँदै गृहमन्त्री लामिछानेले मनसुन पूर्वकार्य तथा प्रतिकार्य राष्ट्रिय कार्यायोजना पारित गरी सम्बद्ध निकायलाई कार्यान्वयनका लागि निर्देशन दिने गरी तयारी गरिरहेको जानकारी गराए।

गृहमन्त्री लामिछानेले विपद्मा परेका नागरिकलाई सम्पर्क गर्नका लागि ११४९ टोल फ्रि नम्बर खुला रहेको जानकारी गराएका थिए।

गृहमन्त्रीले विपद्को सूचना दिन र सूचना लिनका लागि कमान्ड पोस्ट खडा गरिएको र सरकारले मनसुनजन्य जानकारी दिन हरेक दिन प्रेस बुलेटिन निकाल्ने पनि बताए।

यसका साथै उनले नेपाल दूरसञ्चार प्राधिकरणसहित दूरसञ्चार सेवा प्रदायकहरुसँगको सहकार्यमा विपदको बारेमा जानकारी र सचेतनासमेत गराईने बताए।

प्रकाशित: २३ जेष्ठ २०८१, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...