
काठमाडौं ।
एन्ड्रोइड १५ ले यस वर्षको अन्त्यमा रिलीजको लागि तयारी गर्दै गर्दा, गुगलले आफ्नो नयाँ फिचर्स (सुविधाहरू) राम्रोसँग ताल मिलाईरहेको छ। उक्त फिचर्सहरू मध्ये इन्स्ट्यान्ट हटस्पट पनि एक भएको र यस सुविधाजनक टूलले एन्ड्रोइड ट्याब्लेटका साथै क्रोमबुकहरूलाई फोनको हटस्पटमा सिमलेस कनेक्ट गर्न अनुमति दिने उल्लेख गरिएको छ।
यद्यपि, यो फिचर (सुविधा) सामसङ ग्यालेक्सी डिभाइसहरूमा भने उपलब्ध नहुने हालैका रिपोर्टहरूले पुष्टि गरेको छ।
इन्स्ट्यान्ट हटस्पटले फोनको इन्टरनेटमा ट्याब्लेट वा क्रोमबुक जडान गर्ने प्रक्रियालाई सरल बनाउने छ। रेञ्जमा बिना वाई–फाईको अवस्थामा हुँदा, डिभाइसमा एक पपअप देखा पर्ने र यसले फोनको हटस्पटमा जोडिन प्रेरित गर्नेछ। साथै यो एक सहज र सरल अनुभव हुने उल्लेख गरिएको छ।
ग्यालेक्सी प्रयोगकर्ताहरूको लागि यो परिचित लाग्न सक्ने र सामसङको वान यूआईले यसअघि देखि नै अटो हटस्पट भनिने समान प्रकारको फङ्गस्नालिटी प्रदान गरेको जनाइएको छ। दुबै फिचरहरूले फोनको इन्टरनेटमा ट्याब्लेट वा क्रोमबुक जडान गर्नका लागि मद्दत गर्नेछ।
यद्यपि यी दुई फिचरहरु बीचको मुख्य भिन्नता भनेको कम्प्याटिबिलिटीमा निहित रहेको छ। गुगलको इन्स्ट्यान्ट हटस्पटले कुनै पनि एन्ड्रोइड ट्याब्लेट र क्रोमबुकसँग काम गर्दछ भने सामसङको अटो हटस्पटले सामसङ एकाउन्ट वा फ्यामली ग्रुप (परिवार समूह) भित्रको ग्यालेक्सी डिभाइसहरूका लागि मात्र विशेष रुपमा काम गर्नेछ।
साथै सामसङ प्रयोगकर्ताहरूले केही समयदेखि अटो हटस्पटको मजा लिइरहेको हुनाले एन्ड्रोइड १५ मा इन्स्ट्यान्ट हटस्पटको अभावले तिनीहरूको अनुभवलाई ठूलो असर नपार्ने उल्लेख छ। त्यसैगरी सामसङ ग्यालेक्सी डिभाइसहरू प्रयोग गरेसम्म इन्स्ट्यान्ट हटस्पटका फाइदाहरू गुमाउनु नपर्ने भनिएको छ।
यदि अन्य एन्ड्रोइड ट्याब्लेट वा क्रोमबुकहरूमा अटो हटस्पट प्रयोग गर्ने अपेक्षा गरिएको खण्डमा भने एन्ड्रोइड १५ आइसकेपछि लेफ्ट आउटको महसुस गरिने सम्भावनाको बारेमा पनि बताईएको छ।
इन्स्ट्यान्ट हटस्पट फिचर (सुविधा) ग्यालेक्सी डिभाइसहरूमा उपलब्ध नहुनुको बारे कुनै स्पष्टता छैन्। यो फिचर गुगल प्ले सर्भिसको अंश भएको र गुगलले प्रमाणित गरेको सामसङ लगायताका सबै एन्ड्रोइड डिभाइसहरूमा उपलब्ध हुनेछन्।
सामसङले आफ्नो अवस्थित अटो हटस्पटसँग ओभरल्याप हुन्छ भनेर यो सुविधाबाट अप्ट आउट गरेको हुनसक्ने अनुमान गरिएको छ। साथै, इन्स्ट्यान्ट हटस्पटको साथ, अटो हटस्पटको उपयोगिता अलि सीमित महसुस हुने गीज्मोचाइनाले उल्लेख गरेको छ।
प्रकाशित: २४ जेष्ठ २०८१, बिहीबार