हुन्डाई आयोनिक ५ ले कर क्रेडिट लिनका लागि नयाँ अमेरिकी प्लान्टमा उत्पादन गर्ने

Technology Khabar २२ जेष्ठ २०८१, मंगलवार

काठमाडौं ।

अमेरिकामा सर्वाधिक बिक्रि हुने हुण्डाई ईभी अझै आकर्षक बन्न लागेको छ। हुण्डाईले आयोनिक ५ यसको नयाँ ७.६ अर्ब डलरको इभी र जर्जियामा रहेको ब्याट्री प्लान्टमा निर्मित पहिलो ईभी हुने बताएको छ।यसका साथमा हुण्डाईको गाडीले ७,५०० डलरको संघीय कर क्रेडिटमा पहुँच खोल्नेछ।

अमेरिकामा गत वर्ष लगभग ३४ हजार आयोनिक ५ मोडलहरू बेचिसकेपछि, हुन्डाईको सबैभन्दा धेरै बिक्री हुने इभी यस वर्ष पनि सुस्त भएको छैन।

हुन्डाईले मार्चमा ३,३६१ आयोनिक मोडलहरू बेचेको छ, जुन नयाँ रेकर्ड हो। सन् २०२४ को पहिलो तीन महिनामा, ६,८२२ आयोनिक ५ मोडेलहरू ग्राहकहरूलाई हस्तान्तरण गरिएको छ र, यो पनि नयाँ रेकर्ड हो।

हुन्डाईको दोस्रो इभी, आयोनिक ६ गत जनवरीमा अमेरिकामा लन्च भएको भए पनि, आयोनिक ५ को बिक्री अझै पनि सो इलेक्ट्रिक सेडान भन्दा झन्डै दोब्बर रहेको इलेक्ट्रेकले रिपोर्ट गरेको छ। यसैबीचमा, हुण्डाईका विद्युतीय एसयूभी कोरियाबाट आयात भइरहेको छ।

हुन्डाईका ग्लोबल प्रमुख अपरेटिङ अफिसर, जोस मुनोजले बताएअनुसार यो आयोनिक ५ को लागि “नो-ब्रेनर” हो जुन जर्जियामा यसको नयाँ इभी र ब्याट्री मेटाप्लान्टमा निर्मित पहिलो इभी हो।

अटोमोटिभ न्यूजसँगको अन्तर्वार्तामा, मुनोजले आयोनिक ५ बिल्कुल बेस्टसेलर भएको बताए।

इभी उत्पादन लाइन अक्टोबरमा तयार हुनेछ जब हुन्डाईले अमेरिकामा आयोनिक ५ एसेम्बल गर्न थाल्नेछ।

यद्यपि ब्याट्री एकाइ करिब एक वर्ष पछि खुल्नेछ, मुनोजले भने कि आयोजिन ५ ले एसेम्बल सुरु भएपछि ७,५०० इभी ट्याक्स क्रेडिटको लागि योग्यता प्राप्त गर्ने अपेक्षा छ।

प्रकाशित: २२ जेष्ठ २०८१, मंगलवार

तपाइको प्रतिक्रिया