Technology Khabar १८ जेष्ठ २०८१, शुक्रबार
काठमाडौं ।
मोबाइल अपरेटर एनसेल आजियाटा लिमिटेडले हिजो जेठ १७ गते बिहीबार आएको हुरी बतास र वर्षाका कारण अझै केहि स्थानमा सेवा अवरुद्ध भएको जनाएको छ।
कम्पनीले सोही कारणले बागमती, गण्डकी, मधेश र लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरुमा केहि स्थानमा सेवा अवरुद्ध हुन पुगेको बताएको छ।
कम्पनीले उक्त अवरुद्ध सेवा खुलाउने प्रयास गरिरहेको आफ्नो आधिकारीक फेसबुक पेजबाट जानकारी दिएको छ।
“हाम्रा प्राविधिक टोलीहरु तत्काल फिल्डमा खटेर सम्बन्धित जिल्लाहरुमा सम्पूर्ण सेवाहरु (भ्वाइस, डाटा, एसएमएस) पुनः संचालनमा ल्याईएको जानकारी सहर्ष गराउँन चाहन्छौं,” कम्पनीले भनेको छ।
यसका साथै केही ठाउँहरुमा मर्मत संभारको कार्य भईरहेकाले धैर्य धारण गरिदिन एनसेलले अनुरोध गरेको छ।
कम्पनीले आफू भरपर्दो र गुणस्तरीय सेवाहरू प्रदान गर्न प्रतिबद्घ रहेको दाबी समेत गरेको छ।
प्रकाशित: १८ जेष्ठ २०८१, शुक्रबार