सूचना प्रविधि हबको रुपमा विकास गर्ने, सूचना प्रविधि दशकमा ३० खर्बको निर्यात गर्ने योजना

  • Technology Khabar | १५ जेष्ठ २०८१, मंगलवार
सूचना प्रविधि हबको रुपमा विकास गर्ने, सूचना प्रविधि दशकमा ३० खर्बको निर्यात गर्ने योजना
अर्थमन्त्री पुन – बजेट प्रस्तुत काठमाडौँ, १५ जेठ ः अर्थमन्त्री वर्षमान पुन सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बसेको सङ्घीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१÷०८२ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै । तस्बिर ः रत्न श्रेष्ठ÷रासस

काठमाडौं ।

नेपाललाई सूचना प्रविधिको हबको रुपमा विकास गर्ने भन्दै सरकारले सूचना प्रविधिको दशक बनाउनका लागि १० वर्षमा ३० खर्बको निकासी गर्ने घोषणा गरेको छ। यसका साथै ५ लाख प्रत्यक्ष र १० लाख अप्रत्यक्ष रोजगारि सिर्जना गर्ने घोषणा गरेको छ।

अर्थमन्त्री वर्षमान पुनले सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/८२ को सरकारको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेश गर्दै नेपाललाई र सूचना प्रविधि क्षेत्रलाई अर्थतन्त्रको संवाहकको अगाडी बढाईने बताए।

उनले आर्टिफिसियल इन्टेलिजेन्सको विकास गरिने समेत घोषणा गरेका छन्।

यसका साथै, उनले नीतिगत स्थाईत्वसहित तथा उच्च गतिको तथा किफायती इन्टरनेट प्रदान गरिने बताए।

डिजिटल नेपालका फ्रेमवर्क परिमार्जन गरी कार्यान्वयन गर्नका लागि ५९ करोड बिनियोजन गरेको छ।

यसैगरी काठमाडौं रबुटवलमा उच्च गतिको इन्टरनेट विद्युत सहितको सूचन प्रविधि पार्क र त्यसमा ३ वर्षसम्म वर्कस्टेशन तयार गरिने भएको छ।

डिल्लीबजारको चारखालमा बहुतल्ले सूचना प्रविधि हब बनाउने र ललितपुरको ज्ञान पार्कका लागि १७ अरबको बजेट छुट्याएको छ।

स्वदेशमा उत्पादित सफ्टवेयरलाई प्राथिमकता दिने भएको छ।

सरकारी डाटा सेन्टरको स्तरोन्नती तथा नीजीको लागि लागि मापदण्ड बनाउने र डिजिटल तथ्यांकलाई भरपर्दो बनाउने भएको छ।

पिछडिएको वर्गका लागि सरकार सूचना प्रविधिको विकास गरिन‍े घोषणा समेत बजेटमार्फत गरेको छ।

प्रकाशित: १५ जेष्ठ २०८१, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार