Technology Khabar १८ बैशाख २०८१, मंगलवार
काठमाडौं ।
कनेक्टेड कार टेक्नोलोजीलाई अगाडि बढाउने योजना अन्तर्गत हुन्डाई मोटर कम्पनी र किआ कर्पोरेशनले प्रख्यात चिनियाँ टेक कम्पनी बाईदू इंकसँग सम्झौता गरेका छन्। हस्ताक्षर गरिएको सम्झौता एडभान्स्ड अटोमोटिभ टेक्नोलोजीहरू विकास गर्ने दिशाका लागि एक महत्त्वपूर्ण कदम हुने उल्लेख छ।
कनेक्टेड कार मार्केटमा विशेष गरी चीनको बढ्दो अटोमोटिभ उद्योगमा नवप्रवर्तनको नेतृत्व गर्नु यस सहकार्यको प्राथमिक उद्देश्य भएको जनाइएको छ। यस साझेदारीबाट हुण्डाई, किआ र बाइदूले टेक्नोलोजीकल एडभान्समेन्ट (प्राविधिक विकासहरू) मार्फत उपभोक्ताहरूको बढ्दो मागहरू पूरा छन्।
चीनको कडा डाटा नियमहरू पूरा गर्ने समाधानहरू सिर्जना गर्नका लागि बाईडुको स्मार्ट क्लाउड प्रयोग गर्नु सम्झौताको मुख्य पक्ष रहेको उल्लेख छ। यसबाहेक, सहकार्यले गतिशीलता समाधानहरूको नयाँ युगको लागि मार्ग बनाउनका लागि भनेर कनेक्टिभिटी, अटोनोमस ड्राइभिङ, इन्टेलिजेन्ट ट्रान्सपोर्ट सिस्टम र क्लाउड कम्प्युटिङ विकास गर्ने छन्।
यसले हुण्डाई मोटर समूहको दीर्घकालीन सफ्टवेयर रणनीति एसडीएक्सका साथै कनेक्टिभिटी, एआई, अटोनोमस (स्वायत्त) ड्राइभिङ र सर्च (खोज) इन्जिनहरूमा बाईदूको टेक्नोलोजीकल (प्राविधिक) क्षमता बीचको रणनीतिक पङ्क्तिबद्धतालाई प्रतिनिधित्व गर्नेछ।
तिनीहरूले सँगसँगै मिलेर नेभिगेसन, भ्वाइस रिकग्निसन (आवाज पहिचान) र स्मार्ट कन्टेन्ट सर्भिसेस जस्ता विभिन्न कनेक्टिभिटी सिस्टम (जडान प्रणालीहरू) सिर्जना गरेको उल्लेख छ।
हुण्डाई र कियाले एक संयुक्त विज्ञप्तिमा चिनियाँ बजारमा कनेक्टेड कारहरूको लागि बलियो इकोसिस्टम स्थापना गर्न आफ्नो प्रतिबद्धता व्यक्त गरेका गीज्मोचाइनाले रिपोर्ट गरेको छ।
प्रकाशित: १८ बैशाख २०८१, मंगलवार