मर्सिडीज–बेन्जले अनावरण गर्यो इलेक्ट्रिक जी क्लास लक्जरी अफ–रोडर

Technology Khabar १५ बैशाख २०८१, शनिबार

काठमाडौं ।

सन् २०२२ मा मर्सिडीज–बेन्जले आफ्नो इलेक्ट्रिक जी–क्लास सन् २०२४ को अन्त्यसम्ममा रिलिज गर्ने घोषणा गरेको थियो। यसै क्रममा अब, अटोमेकरले औपचारिक रूपमा आफ्नो प्रतिष्ठित लक्जरी भेहिकलको इलेक्ट्रिफाइड भर्सन प्रस्तुत गरेको छ, जुन यसको विशिष्टताका लागि परिचित रहेको छ।

ईक्यू टेक्नोलोजी (प्रविधि) सहितको मर्सिडीज–बेन्ज जी ५८० मा ११६ किलोवाटआवरको लिथियम–आयन ब्याट्री समावेश गरिएको छ। उक्त ब्याट्रीले यस ईभीलाई एक पटकको चार्जमा ४७३ किलोमिटर (२९४ माइल) सम्म चल्नका लागि ऊर्जा प्रदान गर्नेछ। साथै यसको म्याक्सिमम टोटल (अधिकतम कुल) आउटपुट ४३२ किलोवाट र म्याक्सिमम टर्क १,१६४ एनएम रहेको थप उल्लेख छ।

सार्प एंगल्स र यसको विशिष्ट डोर ह्यान्डल्स, ग्रिल्स र राउन्ड हेडलाइटहरूका साथ हालको यो इलेक्ट्रिक मोडल यसको ग्यासबाट चल्ने जी–क्लास जस्तै देखिने जनाइएको छ। त्यसैगरी मर्सिडीजले गाडीको ईक्यू संस्करणमा एक्सक्लुसिभ रुपमा अप्सनल लाइटिङ पनि प्रदान गर्ने बताईएको छ।

जी ५८० को प्रत्येक पाङ्ग्राको छेउमा रहेका चार इलेक्ट्रिक मोटरहरूद्वारा यो गाडी संचालित हुनेछ। त्यसैगरी अफ–रोड प्रयोगको लागि यसमा जी–टर्न, जी–स्टियरिङ र इन्टेलिजेन्सट अफ–रोड क्रल फङ्गसन जस्ता मोडहरू पनि रहेको छ। जी–टर्नले गाडीलाई लगभग स्पटमै घुमाउनका लागि अनुमति दिनेछ भने जी–स्टियरिङले मल्टि–पोइन्ट टर्नहरूको आवश्यकतालाई हटाउन सक्ने जनाइएको छ। र इन्टेलिजेन्सट अफ–रोड क्रल फङ्गसनले अफ–रोड ड्राइभहरूको लागि क्रूज कन्ट्रोल प्रदान गर्ने उल्लेख छ।

त्यसैगरी मर्सिडीज–बेन्जले गाडीको ब्याट्री अफ–रोड यात्राको लागि पानी र धुलोबाट जोगाउने टोर्सन–रेजीस्टेन्ट केसिङ्ग (प्रतिरोधी आवरण) मा राखेको छ। साथै यो भेहिकल (गाडी) लाई ३३.५ इन्चसम्म पानीमा चलाउन सकिने इनग्याजेटले रिपोर्टमा भनेको छ।

ब्याट्रीलाई अल्टरनेटिङ करेन्ट वा डायरेक्ट करेन्ट गरी दुवैका साथ चार्ज गर्न सकिने जनाइएको छ। फास्ट–चार्जिङ डीसी प्रणालीमा प्लग गर्दा यो ३२ मिनेटमा १० देखि ८० प्रतिशतसम्म चार्ज हुनसक्ने उल्लेख छ। साथै कोस्ट वा ब्रेकहरू हिट गर्दा जी–क्लासले काइनेटिक ऊर्जालाई विद्युतीय ऊर्जामा रूपान्तरण गर्न सक्नेछ।

ईक्यू टेक्नोलोजी सहितको जी–क्लास यस वर्षको अन्त्यमा लन्च गरिने जनाइएको छ भने यसमा “मानक सुविधाहरूको विस्तारित प्यालेट” हुने उल्लेख छ। कम्पनीका प्रवक्ताले मर्सिडीजको पार्टनर सिलासबाट थप इ एनर्जी–डेन्स सिलिकन–एनोड टेक्नोलोजी प्रयोग गर्ने ब्याट्री सहितको दायरा–विस्तारित संस्करण पनि आगामी केही वर्षहरूमा उपलब्ध हुने बताएको टेकक्रन्चले रिपोर्टमा उल्लेख गरेको छ।

प्रकाशित: १५ बैशाख २०८१, शनिबार

तपाइको प्रतिक्रिया