नेपाल डिजिटल पेमेन्ट्स कम्पनीको अध्यक्षमा झविन्द्र लाल उपाध्याय नियुक्त

Technology Khabar ४ चैत्र २०८०, आईतवार

काठमाडौं ।

नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडको नयाँ अध्यक्षमा झविन्द्र लाल उपाध्याय नियुक्त भएका छन्। फागुन २४ गते बसेको ६३ औँ बोर्ड बैठकले कम्पनीको अध्यक्षमा झविन्द्र लाल उपाध्यायलाई नियुक्त गरेको हो।

२०८० फागुन ३० गते आयोजित शपथ ग्रहण कार्यक्रममा उपाध्यायले नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्टबाट शपथ ग्रहण गरे।

शपथ ग्रहण समारोहपछि नवनियुक्त अध्यक्ष उपाध्यायले खुशी व्यक्त गर्दै, वित्तीय समावेशीकरण र आर्थिक सशक्तिकरणमा नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडको पहलहरूले आफु उत्साहित भएको बताए।

उपाध्यायले भने, “नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेड सिमलेस एकीकरण, उच्च स्तरको सुरक्षा, र यूएसएसडी (अफलाइन) मोड जस्ता सुविधाहरू द्वारा सुविधाजनक, सुरक्षित र पहुँचयोग्य भुक्तानी प्रणाली सुनिश्चित गर्दै मानिसहरूले रकम पठाउने र प्राप्त गर्ने तरिकामा क्रान्ति ल्याउने लक्ष्य राखेको छ। हाम्रो समर्पित टोली र रणनीतिक साझेदारहरूसँग मिलेर हामी सबै नेपाली नागरिकहरूका लागि सहज र सुरक्षित भुक्तानी इकोसिस्टम सिर्जना गरि नयाँ प्रविधिको प्रयोग द्वारा वित्तीय समावेशीकरण र आर्थिक विकासलाई अभिवृद्धि गर्न निरन्तर प्रयास गर्नेछौं।”

प्रकाशित: ४ चैत्र २०८०, आईतवार

तपाइको प्रतिक्रिया