चीनमा टेन्सेन्टको भुक्तानी प्लेटफर्म टेनपेको पुँजीलाई २.१ बिलियन डलर पुर्याउन अनुमति

  • Technology Khabar | ५ चैत्र २०८०, सोमबार
चीनमा टेन्सेन्टको भुक्तानी प्लेटफर्म टेनपेको पुँजीलाई २.१ बिलियन डलर पुर्याउन अनुमति

काठमाडौं ।

चीनको केन्द्रीय बैंकले टेन्सेन्ट होल्डिङ्ग्सको अनलाइन भुक्तानी प्लेटफर्म टेनपेलाई आफ्नो दर्ता पूँजी बढाएर १५.३ बिलियन युआन (२.१३ बिलियन डलर) मा पुर्याउन स्वीकृत प्रदान गरेको केन्द्रीय बैंकले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

स्वीकृतिले टेनपे (Tenpay) लाई चीनमा सबैभन्दा धेरै दर्ता पूँजी भएको गैर-बैंक भुक्तानी संस्था बनाउने चिनियाँ राज्य-समर्थित मिडिया आउटलेट द पेपरले भन्यो।

सन् २००६ मा स्थापना भएको चिनियाँ भुक्तानी कम्पनीको हालको दर्ता पूँजी १ अर्ब युआन रहेको छ।

टेनपेले टेनसेन्टको वीच्याट पे र क्यूक्यू वालेटको लागि भुक्तानी इजाजतपत्र र प्राविधिक सहयोग प्रदान गर्ने डकुमेन्टहरुमा उल्लेख रहेको रोयटर्सले रिपोर्टमा भनेको छ।

चिनियाँ अधिकारीहरूले यसअघि शेन्जेनमा आधारित फर्मलाई गत वर्ष समाप्त भएको देशको वित्तीय प्रविधि उद्योगमा क्र्याकडाउनको क्रममा ग्राहक डाटा व्यवस्थापन जस्ता मुद्दाहरूमा करिब ३ अर्ब युआन जरिवाना गरेका थिए।

प्रकाशित: ५ चैत्र २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

के यो संसारको सबैभन्दा सानो कार हो?

  • Technology Khabar
  • ५ चैत्र २०८०, सोमबार