युट्युब प्रिमियम अब थप १० नयाँ देशहरूमा उपलब्ध हुने

  • Technology Khabar | ४ चैत्र २०८०, आईतवार
युट्युब प्रिमियम अब थप १० नयाँ देशहरूमा उपलब्ध हुने

काठमाडौं ।

युट्युबले अब थप १० ओटा नयाँ देशमा रहेका आफ्ना प्रयोगकर्ताहरूका लागि युट्युब प्रिमियमको सदस्यता उपलब्ध गराउने भएको छ।

यो पेड सर्भिस (सशुल्क सेवा) ले विज्ञापनहरू हटाउनुका साथै (गुगलको एन्टी–एड ब्लकर ट्रिक्सहरूसँगको लडाई बिना) अफलाइन प्लेका लागि भिडियोहरू डाउनलोड गर्न र ब्याकग्राउण्डमा प्लेयरसँग भिडियोहरू सुन्न अनुमति दिनेछ।

प्रिमियम मेम्बरसिप (सदस्यता स्थानहरू) को सूचीमा थपिएका १० नयाँ देशहरूमा अजरबैजान, जमैका, काजाकिस्तान, लिबिया, मोरक्को, रियुनियन, तान्जानिया, युगान्डा, यमन, जिम्बाब्वे छन्।

यो पेड सर्भिस (सशुल्क सेवा) भए तापनि यसलाई गुगल वान बन्डलको भागको रूपमा पनि प्राप्त गर्न सकिनेछ। गुगल वान माथिको सूचीमा उल्लेख गरिएका १० देशहरू मध्ये लिबिया र रियुनियन बाहेक ८ ओटा देशहरूमा उपलब्ध भएको बताईएको छ।

त्यसैगरी विद्यार्थीहरूले छुटको साथ प्रिमियम प्राप्त गर्न युट्युब स्टुडेन्ट मेम्बरसिप अफर (विद्यार्थी सदस्यता प्रस्ताव) हेर्नुपर्ने जसमा सबै १० देशहरू सूचीमा रहेको उल्लेख गरिएको छ। साथै शीरआईडीद्वारा विद्यार्थीको रूपमा प्रमाणित हुन आवश्यक पर्ने थप उल्लेख गरिएको छ।

युट्युब प्रिमियमले १०० मिलियन गीतहरू सहितको म्युजिक स्ट्रिमिङ सर्भिस (अफलाइन सुन्नको लागि ट्र्याकहरू डाउनलोड गर्न सकिने) को युट्युब म्युजिकमा विज्ञापनरहित पहुँच दिने जीएसएमएरिनाले उल्लेख गरेको छ।

प्रकाशित: ४ चैत्र २०८०, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Yango Ride introduces Free In-Ride insurance for drivers and passengers in Nepal

  • Technology Khabar
  • ४ चैत्र २०८०, आईतवार