
काठमाडौं ।
काठमाडौं । नागरिक लगानी कोषले १५ जना कर्मचारीलाई तालिम प्रदान गरेको छ । कोषका ति कर्मचारीहरुलाई केएफए प्रालिले ‘प्रोफेसनल एकाउन्टिङ कोर्स’ सम्बन्धि १० दिने तालिम दिएको हो ।
शुक्रबार सम्पन्न भएको सो तालिमको प्रमाणपत्र कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेलले सहभागी कर्मचारीलाई प्रदान गरे । कोषले यस्तो तालिमलाइ निरन्तरता दिदै आईरहेको छ ।
कोषमा कार्यरत जनशक्तिको बृत्ति बिकासको लागि यस्तो तालिम दिदै आएको कोषका सूचना अधिकृत उद्धव सिलवालले बताए ।
सो अवसरमा तालिम प्रदायक कम्पनी केएफएका सिनियर बिजनेश एक्जुकेटिभ अशोक रायले कर्मचारीहरुले तालिम पछि आफनो कार्यालयमा आफुले सिकेको सिपलाई ब्यवहारमा लागु गर्नुपर्नेमा जोड दिएको कोषले जनाएको छ ।
प्रकाशित: ११ जेष्ठ २०७५, शुक्रबार