भारतीय युनिकर्न एडटेक बाइजुका सबै कार्यालय बन्द, कर्मचारीलाई ‘घरबाट काम’ गर्न आग्रह

Technology Khabar २९ फाल्गुन २०८०, मंगलवार

भारतीय युनिकर्न एडटेक बाइजुका सबै कार्यालय बन्द, कर्मचारीलाई ‘घरबाट काम’ गर्न आग्रह
फाइल तस्बिर

काठमाडौं ।

भारतीय युनिकर्न तथा एडटेक कम्पनी बाइजुले भारतमा रहेका आफ्ना सबै कार्यालय बन्द गरेको छ। कम्पनीले आफ्ना कर्मचारीहरुलाई ‘घरबाट काम’ गर्न भनेको छ ।

आईएएनएस रिपोर्टका अनुसार बाइजुको ट्युसन सेन्टर र बेंगलुरुमा रहेको मुख्यालय मात्र सञ्चालनमा राखिएको छ। यो निर्णयले कम्पनीका २० हजार कर्मचारीलाई असर पर्नेछ। यो सबैको कारण कम्पनी र लगानीकर्ताबीच चलिरहेको विवाद हो।

बाइजु एक एडटेक कम्पनी हो। यसले यसको एप मार्फत ग्राहकहरूलाई शिक्षित गर्दछ। पछिल्लो निर्णय अनुसार कम्पनीले भारतमा रहेका आफ्ना सबै कार्यालय बन्द गरेको हो।

रिपोर्टकाअनुसार अनुसार बाइजुले लागत कटौती गर्ने उद्देश्यले यस्तो निर्णय गरेको हो। वास्तवमा बाइजुले अहिलेसम्म आफ्ना कर्मचारीलाई फेब्रुअरी महिनाको तलब दिन सकेको छैन। मार्च १० तारिखसम्ममा उक्त तलब दिने वाचा थियो, जुन पूरा भएन । कर्मचारीलाई तलबको केही अंश मात्रै भुक्तानी गरिएको छ।

यस्तो अवस्थामा बाइजु किन पुग्यो ?

समाचारकाअनुसार बाइजुका सीईओ तथा फाउन्डर बाइजु रविन्द्रन र कम्पनीका केही सेयरधनीबीच विवाद छ। वास्तवमा, एक बैठकमा, सेयरधनीहरूले रवीन्द्रन र उनको परिवारलाई बोर्डबाट हटाउने निर्णय गरेका थिए, रविन्द्रनले यसलाई गैरकानूनी भने। मुद्दा अदालतमा पुगेपछि अदालतले यसअघि राइट इस्युबाट उठाएको केही रकम प्रयोगमा रोक लगाएको छ। दुई पक्षबीचको विवाद समाधान नभएसम्म त्यो रकम प्रयोग गर्न पाइँदैन।

बाइजुका भारतभर करिब ३०० ट्यूशन सेन्टर छन्। कम्पनीले भर्खरै कर्मचारी निकाल्ने निर्णय पनि गरेको थियो, जसका कारण ठूलो संख्यामा कर्मचारीले जागिर गुमाएका थिए।

प्रकाशित: २९ फाल्गुन २०८०, मंगलवार

तपाइको प्रतिक्रिया