बालबालिका तथा युवालाई सूचना प्रविधिसम्बन्धी प्रशिक्षण

  • Technology Khabar | २९ फाल्गुन २०८०, मंगलवार
बालबालिका तथा युवालाई सूचना प्रविधिसम्बन्धी प्रशिक्षण
सांकेतिक तस्विर

काठमाडौं ।

सूचना प्रबिधिको गलत प्रयोगले दिनप्रतिदिन आपराधिक घटना भइरहेका बेला दैलेख जिल्लाको गुराँस गाउँपालिकाले बालबालिका तथा युवालाई प्रशिक्षण दिएको छ।

धर्म र संस्कृतिमाथि जोखिम बढिरहेको भन्दै बालबालिकालाई जोखिममा पर्न नदिन सूचना प्रविधिको सदुपयोगसम्बन्धी प्रशिक्षण दिइएको पालिकाले जनाएको छ। गाउँपालिकामा १३ बर्षदेखि ४० वर्ष उमेर समूहका २३५ जनालाई प्रशिक्षण दिइएको छ।

वडाध्यक्ष एवं प्रवक्ता दीपेन्द्र ओलीले सूचना प्रविधिको विकासले धेरै कुरा सिकाए पनि दुरुपयोग बढ्दो क्रममा रहेकाले त्यसको निराकरणका लागि सूचना प्रविधिको सदुपयोगसम्बन्धी प्रशिक्षण दिइएको बताए।

गाउँपालिकाका अध्यक्ष टोपबहादुर बिसीले सूचना प्रविधिको सदुपयोग सम्बन्धी बालबालिकालाई सिकाउन साझेदार संस्थाको सहयोगमा उक्त कार्यक्रम आयोजना गरिएको बताए।

कम्प्युटर एसोसिएसन (क्यान) कर्णाली प्रदेश अध्यक्ष प्रेम नन्दले आधुनिक युगमा प्रविधिको उच्चतम विकास र विस्तारले सहरदेखि दुर्गम गाउँसम्म प्रविधिको पहुँच बढे पनि त्यसको सदुपयोग भए/नभएको विषयमा नियमन गर्नुपर्ने जनाए। गोरखापत्रबाट

प्रकाशित: २९ फाल्गुन २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार