भारतद्वारा एमआइआरभी प्रविधियुक्त अग्नि–५ मिसाइलको पहिलो उडान परीक्षण

  • Technology Khabar | २८ फाल्गुन २०८०, सोमबार
भारतद्वारा एमआइआरभी प्रविधियुक्त अग्नि–५ मिसाइलको पहिलो उडान परीक्षण

काठमाडौं ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार मल्टिपल इन्डिपेन्डेन्ट्ली टारगेटेबल रि–इन्ट्री भेहिकल (एमआइआरभी) प्रविधिले सुसज्जित स्वदेशीरूपमा विकसित अग्नि–५ मिसाइलको पहिलो उडान परीक्षण मिसन दिव्यास्त्रको प्रशंसा गरेका छन्।

उनले मिसन दिव्यास्त्रको सफल कार्यान्वयनका लागि रक्षा अनुसन्धान एवं विकास सङ्गठन (डिआरडिओ) वैज्ञानिकहरूको उपलब्धिको प्रशंसा गरे।

प्रधानमन्त्री मोदीले माइक्रो–ब्लगिङ साइट एक्समा पोस्ट गरे, “मिसन दिव्यास्त्रका लागि हाम्रा डिआरडिओ वैज्ञानिकहरूमाथि गर्व छ, एमआइआरभी प्रविधिका साथ स्वदेशीरूपमा विकसित अग्नि–५ मिसाइलको पहिलो उडान परीक्षण।”

अग्नि–५ मिसाइलमा एमआइआरभी प्रविधिको समावेशले विभिन्न लक्ष्यमा सटीकताका साथ धेरै हतियार पुर्याउने यसको प्रभावकारिता बढ्नेछ। यसबाट भारतको प्रतिरोध क्षमतामा वृद्धि हुनेछ र राष्ट्रिय सुरक्षा सुदृढ हुनेछ।

एउटा एमआइआरभी पेलोडमा चारदेखि छ वटा आणविक हतियार बोक्ने एउटा मिसाइल समावेश हुन्छ। प्रत्येकलाई अलग अलग लक्ष्यमा हमला गर्नका लागि प्रोग्राम गरिएको छ। यसले एउटै मिसाइलमा विभिन्न स्थानमा धेरै हतियार तैनाथ गर्न सकिन्छ भन्ने सुनिश्चित गर्दछ।

सरकारी स्रोतका अनुसार यस परियोजनाका निर्देशक एक महिला हुन् र यसमा महिलाहरूको महत्त्वपूर्ण योगदान छ। मिसन दिव्यास्त्रको परीक्षणसँगै भारत एमआइआरभी क्षमता भएका मुलुकहरूको समूहमा सामेल भएको छ। रासस/एएनआई

प्रकाशित: २८ फाल्गुन २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Yango Ride introduces Free In-Ride insurance for drivers and passengers in Nepal

  • Technology Khabar
  • २८ फाल्गुन २०८०, सोमबार