Technology Khabar ९ फाल्गुन २०८०, बुधबार
काठमाडौं ।
डिजिटल सर्भिसेस एक्ट (डीएसए) सँग टिकटकको नियम पालनाको बारेमा प्रश्न उठाउँदै सामाजिक मिडिया प्लेटफर्म टिकटक अब युरोपेली नियामकको छानबिनमा परेको छ।
यसका युवा प्रयोगकर्ताहरूको सुरक्षा र गोपनीयतामा प्लेटफर्मको प्रभाव बारे ईयूले टिकटकको सञ्चालन केन्द्रहरूमा छानबिन गर्नेछ। यस अघि, मेटा र ट्विटर (अब एक्स) पनि यही कारणले अमेरिकी सिनेटको निशानामा परेको थियो।
ईयू उद्योग प्रमुख थियरी ब्रेटनले छोटो भिडियो एपको जोखिम मूल्याङ्कन रिपोर्ट र जानकारीको लागि अनुरोधहरूको जवाफको विश्लेषण गरेपछि यो निर्णय लिएको बताएको रोयटर्सले रिपोर्ट गरेको छ।
अनुसन्धानको ध्यान कयौं विषयहरुमा रहेको र यसले प्रयोगकर्ताहरूलाई लामो समयसम्म व्यस्त राख्न डिजाइन गरिएको प्लेटफर्मको एल्गोरिदमहरूको एडिक्टिभ नेचर (लत बसाल्ने प्रकृति) लाई लक्षित गर्नेछ।
यसले प्रयोगकर्ताहरूलाई, विशेष गरी नाबालिगहरूलाई उनीहरूको मानसिक र शारीरिक स्वास्थ्यमा हानिकारक हुनसक्ने सामग्रीमा एक्सपोज गर्न सक्ने भएकाले यो “रेबिट होल इफेक्ट” चिन्ताको विषय भएको जनाइएको छ। साथै, टिकटकले आफ्ना प्रयोगकर्ताहरूको उमेर प्रमाणीकरण गर्न प्रयोग गर्ने मेकानिज्महरूमा कडा गोपनीयता सेटिङ्ग्स लागू नगरेर नाबालिगहरूलाई अनुपयुक्त सामग्रीबाट जोगाउने लक्ष्य नराखेको उल्लेख छ।
इयूको नियामकले विज्ञापनको पारदर्शिता र अनुसन्धानकर्ताहरूलाई यसको डाटाको उपलब्धताको लागि टिकटकको अवस्थालाई पनि जाँच गरिरहेको छ। यी प्रयासहरूले अन्य सामाजिक मिडिया दिग्गजहरू विरुद्ध गरिएका अघिल्ला कार्यहरू प्रतिबिम्बित गर्दछ।
यसले सामाजिक सञ्जालले प्रयोगकर्ताहरूलाई, विशेष गरी युवा प्रयोगकर्ताहरूलाई निम्त्याउने सम्भावित जोखिमहरू विरुद्ध बढ्दो सचेतना र कार्यको सङ्केत गर्ने भएकाले यो कदम महत्त्वपूर्ण हुने उल्लेख गरिएको छ।
टिकटकको मालिक, चीनमा आधारित बाइटडान्सले, टिकटकले डीएसए नियमहरू उल्लङ्घन गरेकोमा दोषी पाइएमा यसको विश्वव्यापी कारोबारको ६ प्रतिशतसम्म जरिवाना भोग्न सक्नेछ।
प्रकाशित: ९ फाल्गुन २०८०, बुधबार