ताजा समाचार

कर्णाली प्रदेश अस्पतालमा अनलाइनबाटै नाम दर्ता

कर्णाली प्रदेश अस्पतालमा अनलाइनबाटै नाम दर्ता
Global IME Bank

कर्णाली प्रदेश अस्पताल सुर्खेतले सेवाग्राहीको चाप बढेपछि स्वास्थ्य जाँचका लागि अनलाइनबाटै नाम दर्ता सुरु गरेको छ।

अस्पतालका निर्देशक प्राडा डम्बर खड्काका अनुसार सेवाग्राहीले नाम दर्ताका लागि बिहान ९ बजेनै अस्पताल पुग्न पर्दैन ।

अनलाइनबाटै आफूले लिन चाहेको सेवासहित सेवाग्राहीले नाम दर्ता गर्न सकिने छ।

निर्देशक प्राडा खड्काका अनुसार अनलाइनमार्फत नाम दर्ता गर्दा सेवाग्राहीले जाँच गर्न चाहेको डाक्टर, मिति र बिहान ७, ८ र ९ बजेको समयतालिका अनुसार समय लिन सक्ने छन्।

अस्पतालको वेबसाइटमा गएर समयमा क्लिक गरेपछि  ‘प्रोसेस टु बुक’ मा थिच्नु पर्छ । यो प्रक्रिया पूरा भएपछि ‘लग इन’ र ‘बुक अप्वाइमेन्ट’ देखाउँछ। गोरखापत्रबाट

Sajilo Visa
easy care