सरकारी कार्यालयका लागि सामाजिक सञ्जाल प्रयोग गर्ने सम्बन्धी निर्देशिका स्वीकृत

Technology Khabar ५ पुष २०८०, बिहीबार

सरकारी कार्यालयका लागि सामाजिक सञ्जाल प्रयोग गर्ने सम्बन्धी निर्देशिका स्वीकृत
फाइल तस्विर।

काठमाडौं ।

सरकारी कार्यालयले सामाजिक सञ्जाल प्रयोग गर्ने विषयमा सरकारले छुट्टै निर्देशिका ल्याएको छ। जसअनुसार सरकारी कार्यालयले सामाजिक संजालको प्रयोगमा तोकेको नियम कानून पालना गर्नुपर्ने भएको छ।

आज बसेको मन्त्रिपरिषद बैठकले सामाजिक समितिबाट पेश भएको सरकारी कार्यालयले सामाजिक सञ्जाल प्रयोग गर्ने सम्बन्धी निर्देशिका, २०८० स्वीकृत गरेसँगै सरकारी कार्यालयले व्यवस्थितरुपमा सामाजिक सञ्जाल प्रयोग गर्न सक्नेछन्।

यसअघिका सरकारले पनि सामाजिक संजाल कार्यविधि ल्याएका भएपनि प्रभावकारी भएको थिएन्। २०७५ सालमा सरकारले नै सरकारी निकायद्वारा सामाजिक सञ्जाल प्रयोग गर्ने कार्यविधि–२०७५’ स्वीकृत गरेर लागू गरिएको थियो।

कार्यविधि स्वीकृत भएपछि सेवाग्राहीलाई सूचना दिन स्बै कार्यालयले ‘ट्वीटर’, ‘फेसबुक’ र ‘भाइवर’ जस्ता सामाजिक सञ्जाल सञ्चालन गर्नुपर्ने थियो। कार्यालयले सेवाग्राहीले सोधेका कुराको जवाफ ‘तपाईंको प्रश्न /जिज्ञासा/गुनासो/समस्या र अन्यको जवाफ म्यासेजमार्फत दिइएको छ, हेर्नुहोला’ भनी उत्तर दिनुपर्ने कार्यविधिमा उल्लेख गरिएको थियो।

सम्बन्धित समाचार-

सरकारी कार्यालयमा सामाजिक सञ्जाल प्रयोग अनिवार्य, भाइबरबाट पनि गुनासो र सूचना लिन शुरु

अहिले पनि विभिन्न सरकारी निकायहरुले आफ्नै किसिमले सामाजिक संजाल प्रयोग र त्यसमार्फत सूचनाहरु दिने गरेका छन्।

प्रकाशित: ५ पुष २०८०, बिहीबार

तपाइको प्रतिक्रिया