
काठमाडौं ।
मानव अधिकार तथा शान्ति समाज(हुर्पेक) ले एनसेल महाघोटालामा प्रधानमन्त्री/पूर्व प्रधानमन्त्रीहरु समेतको संलग्नताको तथ्य प्रकाशमा आएको दाबी गर्दै देशव्यापी रुपमा शान्तिपूर्ण आन्दोलन गर्ने भएको छ।
समाजका सभापति रामकृष्ण बरालद्वारा जारी प्रेस विज्ञप्तिमा विराटनगरमा भएको नागरिक संवाद कार्यक्रममार्फत शान्तिपूर्ण आन्दोलन थाल्नुपर्ने संकल्प गरिएको उल्लेख छ।
“जस्ता महाघोटालामा प्रधानमन्त्री/पूर्व प्रधानमन्त्रीहरु समेतको संलग्नताको तथ्य प्रकाशमा आएको छ, नागरिक स्तरबाट समेत यस्को छानविन गर्नुपर्छ र दोषीहरु जो कोही हुन कारबाही गर्नुपर्छ र यस्का लागि देशव्यापी रुपमा शान्तिपूर्ण आन्दोलन थाल्नुपर्छ ” भन्ने संकल्पसहित विराटनगरमा नागरिक संवाद कार्यक्रम सम्पन्न भएको छ,” विज्ञप्तिमा लेखिएको छ।
मंसिर २८ गते मानव अधिकार तथा शान्ति समाज मोरङ शाखाद्वारा एलिट क्लबको सभाकक्षमा सम्पन्न लोकतन्त्रको प्राणः सुशासन र सद्भाव विषयक नागरिक संवाद कार्यक्रममा बोल्ने नागरिक समाजका प्रतिनिधिहरुले कुशासनका कारण नागरिकहरुमा अहिले चरम आक्रोश र असन्तुष्टि रहेको बताउँदै भ्रष्ट नेताहरुबाट लोकतन्त्रमाथि सर्वाधिक खतरा रहेको औल्याएको समाजले जनाएको छ।
प्रकाशित: २९ मंसिर २०८०, शुक्रबार