विश्वव्यापी लन्चको पाँच महिनामा पछि थ्रेड्स युरोपेली बजारमा

  • Technology Khabar | २९ मंसिर २०८०, शुक्रबार
विश्वव्यापी लन्चको पाँच महिनामा पछि थ्रेड्स युरोपेली बजारमा

काठमाडौं ।

मेटाको सोशल मिडिया एप थ्रेड्स विश्वका अन्य भागहरूमा रिलिज भएको पाँच महिनापछि युरोपियन युनियनमा सेवा सुरु गरेको छ।

थ्रेड्स इलन मस्कको सोशल मिडिया प्लेटर्फम एक्सको प्रतिद्वन्द्वीको रुपमा ठूलो चर्चाका बीच लन्च गरिएको थियो।

डाटा र ठूला टेकको लागि कडा नियमहरु रहेकाले यो ईयुमा उपलब्ध गराइएको थिएन।

मेटाले आफ्नो प्लेटफर्ममा रुची बढ्ने विश्वास गरिएको छ। थ्रेड्स सार्वजनिक भएको पहिलो हप्तामा १०० मिलियन भन्दा बढी प्रयोगकर्ता प्राप्त गरेको थियो। पछिल्लो समय थ्रेड्सले प्रयोगकर्ता गुमाई रहेको रिपोर्टहरु सार्वजनिक भइरहेका छन्।

मेटाका मालिक मार्क जुकरबर्गले युरोपभरिबाट नयाँ प्रयोगकर्ताहरूलाई स्वागत गर्दै थ्रेड्समा पोष्ट गर्दै लन्चको घोषणा गरेको बीबीसीले उल्लेख गरेको छ।

मेटाका प्रवक्ताले प्लेटफर्म जुलाईमा अन्य देशहरूमा लन्च गरे पछि ‘महत्वपूर्ण सुधार’ गरेको बताएका छन्।

प्रकाशित: २९ मंसिर २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार